तिरुवन्नामलाई अन्नामलैयार मन्दिरमा महादीपमको विशाल कड़ाहीको पूजा, २,६६८ फिट अग्लो पर्वत शिखरमा पुर्याइने
तिरुवन्नामलाई महा दीपम की विशाल कड़ाही की विशेष पूजा


तिरुवन्नामलाई (तमिलनाडु), २३ नोभेम्बर (हि.स.)। तिरुवन्नामलाईस्थित अन्नामलैयार मन्दिरमा २४ नोभेम्बरमा प्रज्वलन गरिने महादीपमका लागि प्रयोग हुने विशाल कड़ाहीको आज विशेष पूजा गरिएको छ। पूजापछि उक्त भाँडोलाई २,६६८ फिट अग्लो दीपम पर्वतको शिखरमा पुर्याउने काम शुरु गरिएको छ। यस अवसरमा ठूलो सङ्ख्यामा श्रद्धालुहरूले दर्शन गरी पूजाअर्चना गरेका थिए।

सामान्यतया कार्तिक महिनाको पूर्णिमाका दिन वा महादीपमको भोलिपल्ट पर्वतको परिक्रमा अर्थात् गिरिवलम शुरु हुने गर्दछ। तर, यस वर्ष कार्तिक महिनाको पूर्णिमा महादीपमभन्दा एक दिनअघि परेको छ। यसअनुसार कार्तिक पूर्णिमा सोमबार राति ११ बजेर ४२ मिनेटमा शुरु भई मङ्गलबार राति ८ बजेर २३ मिनेटमा समाप्त हुनेछ। मन्दिर प्रशासनले यस अवधिमा श्रद्धालुहरूले पूर्णिमा गिरिवलम गर्न सक्ने जनाएको छ।

मनमा स्मरण मात्र गर्दा मुक्ति प्रदान गर्ने पवित्र तीर्थस्थलका रूपमा प्रसिद्ध तिरुवन्नामलाई अन्नामलैयार मन्दिरमा कार्तिक दीपम उत्सव १५ नोभेम्बरमा बिहानै ध्वजारोहणसँगै शुरु भएको थियो। उत्सवको समापन दिवस अर्थात् भोलि बिहान ४ बजी मन्दिरको गर्भगृहअगाडि भरणी दीपम तथा साँझ ६ बजी मन्दिरको पछाडि अवस्थित २,६६८ फिट अग्लो दीपम पर्वतको शिखरमा महादीपम प्रज्वलन गरिनेछ।

यसैक्रममा आज बिहान मन्दिरमा महादीपम प्रज्वलनका लागि प्रयोग गरिने विशाल कड़ाहीको विशेष पूजा गरिएको थियो। त्यसपछि ४० जनाभन्दा बढी कर्मचारीले उक्त कड़ाहीलाई काँधमा बोकेर पर्वतको शिखरसम्म पुर्याउने काम शुरु गरे। पर्वतका परम्परागत कुलका सदस्यहरूको सहभागितामा कडा सुरक्षा व्यवस्थाबीच कड़ाहीलाई पर्वत शिखरतर्फ लगिएको छ। ५¾ फिट अग्लो र ३१० किलोग्राम तौल भएको उक्त महादीपमको कड़ाही पञ्चलोहाबाट निर्माण गरिएको हो।

यसमा भगवान् शिव, ब्रह्मा र विष्णुको प्रतीकका रूपमा तीनवटा तह रहेका छन्। श्रद्धालुहरूले चढाएको ४ हजार ५०० लिटर घिउ तथा एक हजार ५०० मिटर काडा कपडाको प्रयोग गरी भोलि साँझ ६ बजी महादीपम प्रज्वलन गरिनेछ। भगवान् शिव र शक्ति एउटै हुन् भन्ने सन्देश दिन अर्धनारीश्वर मन्दिरअगाडि दर्शन गराएपछि ठीक साँझ ६ बजी महादीपम प्रज्वलन गरिने कार्यक्रम रहेको छ।

उत्सवलाई ध्यानमा राख्दै जिल्ला प्रशासनले श्रद्धालुहरूका लागि आवश्यक आधारभूत सुविधाहरूको व्यवस्था गरेको छ। यसका साथै जिल्ला प्रशासनले महादीपम प्रज्वलन गरिने दिन श्रद्धालुहरूलाई दीपम पर्वतमा चढ्न अनुमति नदिइने घोषणा गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande