
नोएडा, 23 नोभेम्बर (हि.स.)। नोएडाको दादरी रेलवे स्टेशनमा सोमवार बिहान एकजना 35 वर्षीय अज्ञात व्यक्तिको रेलको चपेटामा परे। यस गटनामा उक्त व्यक्तिको घटनास्थलमैो मृत्यु भयो। बिसरख थाना क्षेत्रमा पनि एकजना व्यक्तिको शव फेला परेको छ।
दादरी जीआरपी पुलिस स्टेशनमा तैनाथ उपनिरीक्षक मोहम्मद दानिशले बताए, एकजना 35 वर्षीय अज्ञात व्यक्तिको दादरी रेलवे स्टेशनमा ट्रेनको चपेटमापरी मृत्यु भएको छ। जीआरपी पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ भने वरपरका मानिसहरूको सहयोगमा मृतकको पहिचान खोलाउने प्रयास भइरहेको छ।
यसरी नै बिसरख थानाका प्रभारी रणजित कुमार सिंहले बताए, पुलिसले गए राती थाना क्षेत्रमा एकजना अज्ञात 40 वर्षीय व्यक्तिको शव फेला परेको छ। घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेका उप-निरीक्षक राकेश कुमारले शवलाई हिरासतमा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। उनले बताए, मृत्युको कारण पत्तो लगाउनको लागि पुलिसले शवको पोस्टमर्टम गराइरहेको छ। पोस्टमर्टम रिपोर्ट आएपछि मात्र मृत्युको सही कारण थाहा हुने उनले बताए। वरपरका मानिसहरूले उक्त व्यक्तिको हत्या गरिएको बताएका छन्।
---------
/ बिशाल