भूपेन दाका रचनाहरू सुन्दा हरेक पटक केही नयाँ पाइन्छः मुख्यमन्त्री हिमन्त
असमः मुख्यमंत्री द्वारा भूपेन दा शेयर एक पुराना चित्र


गुवाहाटी, 24 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमा गत केही दिनदेखिको राष्ट्रिय राजधानी दिल्लीमा बसेर वर्षभरि चलेको भारत रत्न, सुधाकण्ठको उपाधिबाट सम्मानित डा. भूपेन हजारिकाको शताब्दी जयन्ती समारोहको समापन कार्यक्रमको आयोजनलाई लिएर तयारीमा जुटेका छन्।

मुख्यमन्त्री डा. सरमाले यस सम्बन्धमा सोशल मिडियामा एउटा सन्देश साझा गर्दै भनेका छन्, हामीले गत वर्षको शुरुदेखि नै योजना बनाएका थियौँ र त्यसबेलादेखि विशेष गरी पछिल्ला केही हप्ताहरूमा हामी डा. भूपेन हजारिकाको जन्म शताब्दी समारोहको समापन समारोहको तयारीमा व्यस्त छौं। यस अवधि थोरै समय पाउनसाथ हामीले सुधकण्ठका गीतहरू फेरि सुन्ने प्रयास गरिरहेका छौं। प्रत्येक पटक नै हामीले उनको रचनामा केही नयाँ पाउँछौँ।

मुख्यमन्त्रीले भनेका छन्, म सङ्गीतमा विशेषज्ञ होइन, तर सङ्गीत प्रेमीका रूपमा, भूपेन दाका रचनाहरूको व्यापकता र गहिराईले मलाई बारम्बार चकित पार्छ। विशेष गरी एउटा कुराले मलाई बारम्बार सोच्न बाध्य बनाउँछ, कसरी एकजना कलाकारले एकै समयमा विभिन्न भाषाहरू, विभिन्न साङ्गीतिक शैलीहरू र विभिन्न सांस्कृतिक परिवेशमा यति अद्वितीय काम गर्न सक्छन्!

असमिया सङ्गीतदेखि बङ्गाली, हिन्दी र अन्य धेरै भाषाहरूको सङ्गीतसम्मको उनको यात्रा अचम्मको थियो। हरेक भाषामा उनले गीत मात्र गाएनन्, कालजयी सङ्गीत रचना पनि गरे। गीतको विषयवस्तुको छनोट, सुरको विविधता औ शब्दहरू मार्फत व्यक्त गरिएका भावनाहरूले हरेक भाषाका श्रोताहरूको हृदय छुने क्षमता राख्थे। भाषा परिवर्तन भयो, सुरको धारा परिवर्तन भयो, तर उनका गीतहरूको अन्तर्निहित मानवीय भावना र जीवनप्रतिको दृष्टिकोण उस्तै थियो।

समकालीन केही महान कलाकारहरूसँगको उनको सम्बन्ध र रचनात्मक सहकार्य भूपेन दाको अर्को अद्वितीय पहिचान थियो। किशोर कुमार, लता मङ्गेशकर, मोहम्मद रफी, हेमन्त मुखर्जी लगायत भारतीय सङ्गीत उद्योगका धेरै दिग्गजहरूसँग उनको सम्बन्ध अनि सहकार्यले सङ्गीतको अद्भुत संयोजनको नेतृत्व गऱ्यो।

यी साङ्गीतिक सहकार्यहरू कलाकारहरूबीचको आदान-प्रदान मात्र थिएनन्, यसका माध्यमबाट उनीहरूले असमको सङ्गीत, असमको माटो र जनताका भावनाहरूलाई देशको विशाल सांस्कृतिक परिदृश्यमा ल्याउने प्रयास गरे। असमबाट शुरु भएको भूपेन दाको रचनात्मक यात्राले देशको सीमा पार गरेर विश्वका विभिन्न भागका श्रोताको मन छोयो।

भूपेन दाका गीतहरूमा कहिले-काहीँ असमका नदी तथा प्रकृतिका कुराहरू हुन्छन्, कहिले-काहीँ मजदुरहरूको जीवन र सङ्घर्ष, कहिले-काहीँ प्रेम अनि मानवताको सन्देश तथा कहिले-काहीँ समाज औ समयप्रतिको जिम्मेवारी। उनको प्रत्येक रचनाको पछाडि गहिरो जीवनको बुझाई हुन्थ्यो। त्यसैले उनका गीतहरू सुन्नका लागि मात्र होइन, महसूस गर्नुका लागि पनि हुन्।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande