शरद पूर्णिमाको अवसरमा मुख्यमन्त्रीले दिए राज्यवासीलाई शुभकामना
असम के मुख्यमंत्री द्वारा शेयर चित्र


गुवाहाटी, 24 नोभेम्बर (हि.स.)। राज्यमा रास महोत्सवको शुरुवातलाई लिएर मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले आज पवित्र शरद पूर्णिमाको शुभ अवसरमा सबैलाई शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले सोशल मिडिया फेसबुकमा एउटा भिडियो सन्देश पोस्ट गर्दै भनेका छन्, शरद ऋतुको कोमल चन्द्रमाको उज्यालोमा पृथ्वी आध्यात्मिक सौन्दर्यले चम्कन्छ। श्री कृष्णको अपार महिमा एवं पवित्र रासलीलाको स्मरणबाट भक्तिमय आनन्द चारैतिर फैलिन्छ। शरद पूर्णिमाको शुभ अवसरमा असमका सबै जनतालाई मेरो हार्दिक शुभकामना। भगवान कृष्णको आशीर्वादले सबैको जीवन प्रेम, शान्ति र आनन्दले भरियोस्।

स्मरणीय छ, अहिलेघरि राज्यभरि नै रास उत्सवको आयोजना भइरहेको छ जसमा मुख्यतया नदी टापु माजुली, नगाउँ, कामरूप, नलबाड़ी, बारपेटा आदि जिल्लाहरूमा नगर-नगर रास महोत्सवको आयोजना भइरहेका छन्। रास महोत्सव तल्लो असममा मूर्तिका माध्यमबाट आयोजना भइरहेको छ भने जीवन्त रास महोत्सव माजुली सहित माथिल्लो असमका विभिन्न भागहरूमा आयोजना भइरहेको छ।

जीवन्त रास महोत्सवमा युवा केटा- केटीहरूले विगत केही दिनदेखि रास मञ्चका लागि आफ्नो तयारीलाई अन्तिम रूप दिइरहेका छन्। समग्रमा भन्नपर्दा अहिलेघरि राज्यभरि नै धार्मिक वातावरण देखिएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande