13 दिवसीय कार्यक्रमको साथमा छयगाउँ चम्पकनगर सार्वजनिक रास महोत्सवको आयोजन
13 दिवसीय कार्यक्रमको साथमा छयगाउँ चम्पकनगर सार्वजनिक रास महोत्सवको आयोजन


कामरूप (असम), 24 नोभेम्बर (हि.स.)। राज्यका विभिन्न भागसँगसँगै कामरूप (ग्रामीण) जिल्लाको छयगाँउमा पनि आजदेखि आगामी 6 दिसम्बरसम्म 13 दिवसीय कार्यक्रमको साथमा छयगाउँ चम्पकनगर सार्वजनिक रास महोत्सव आयोजना भइरहेको छ। छयगाउँ रास क्षेत्रमा आयोजना हुने 69 औँ रास महोत्सवको औपचारिक उद्घाटन असम सरकारका मन्त्री कौशिक रायले गर्नेछन्।

यस अवसरमा रास महोत्सव उत्सव समितिका अध्यक्ष डा. कमला कालिताको अध्यक्षतामा हुने उद्घाटन बैठकमा भागवत वाचक ध्रुवज्योति डेका मुख्य वक्ताका रूपमा उपस्थित रहनेछन्।

रास महोत्सवसँग सम्बन्धित मुखपत्र सारङ्गपाणिको अनावरण पुलिस आयुक्त डा. पार्थसारथी महन्त र प्रख्यात चिकित्सक डा. नारायण शर्माले गर्नेछन्। समारोहमा पलाशबारीका विधायक हिमान्शु शेखर बैश्य सहित धेरै जना प्रतिष्ठित व्यक्तिहरू उपस्थित हुनेछन्। यसैबीच आज बिहान डा. कमला कलिताले धर्मध्वज फहराइन् भने

साँझमा राधा-कृष्णको युगल मूर्ति स्थापना, जय जगन्नाथको मूर्ति स्थापना, भागवत स्थापनापछि पूजा शुरु हुनेछ। नोभेम्बर 25- देखि दिसम्बर 6- सम्म, नियमित दैनिक बिहानको पूजा बाहेक दिउँसो भागवत पाठ जारी रहनेछ।

यसबाहेक आगामी 5 दिसम्बरदेखि साँझ सैताली र घोषानाम प्रतियोगिता आयोजना गरिनेछ। यसको बीचमा सात दिनसम्म सात या6ा पार्टीहरूको प्रतियोगिता आयोजना गर्नको साथै अन्य दिनहरूमा रह्गारङ्ग सांस्कृतिक कार्यक्रमसितै कृष्ण प्रतियोगिता, जुबिन गर्ग सङ्गीत प्रतियोगिता, भूपेन्द्र सङ्गीत प्रतियोगिता जस्ता विभिन्न कार्यक्रमहरू आयोजना हुनेछन्। 6 दिसम्बरको साँझमा रास महोत्सवको समापन समारोह अनि पुरस्कार वितरण समारोह आयोजना हुनेछ।

पुरस्कार वितरण समारोहमा केही राजनीतिक नेता, साहित्यकार एवं प्रतिष्ठित व्यक्तित्वहरू उपस्थित हुनेछन्। राती 10 बजे उपहार खेल हुनेछ भने छयगाउँको आमन्त्रित विष्णु ज्योति मिनी थिएटरले राती 11 बजे नाटक मञ्चन गर्नेछ। करिब 80 लाखको बजेटमा तय गरिएको रास महोत्सवमा मुख्य मण्डप सहित 35 वटा मण्डपहरूमा माटोका मूर्तिहरू स्थापना गरिँदैछ।

यसबाहेक रसोत्सवसँगै आनन्द मेला, सागर सुरूङ, जलपरी, भूत बङ्गला, ट्रेड फेयर जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरू पनि आयोजना गरिएको छ। उक्त महोत्सवमा आयोजक समितिले सबै वर्गका मानिसहरूबाट सहयोगको कामना गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande