भूकम्पले हल्लियो उत्तर बंगाल, दुईपटक महसुस गरियो धक्का, भूकम्पको केन्द्र नेपाल
भूकंप का मापन


कोलकाता, २४ नोभेम्बर (हि.स.)। मंगलबार बिहान भूकम्पको धक्काले उत्तर बंगालका विभिन्न क्षेत्र प्रभावित बनेका छन्। बिहान करिब ७ बजी सिलगढी तथा आसपासका क्षेत्रमा दुईपटक भूकम्पको धक्का महसुस गरिएको थियो। प्रारम्भिक जानकारीअनुसार, भूकम्पको केन्द्र छिमेकी देश नेपालमा रहेको थियो।

समाचार तयार पार्दासम्म भारतीय भूगर्भ सर्वेक्षण (जीएसआई) ले भूकम्पको आधिकारिक तीव्रताबारे कुनै जानकारी सार्वजनिक गरेको थिएन। प्रारम्भिक विवरणअनुसार रिक्टर स्केलमा भूकम्पको तीव्रता ५.४ मापन गरिएको बताइएको छ।

प्राप्त जानकारीअनुसार नेपालको कोशी क्षेत्रमा जमिनको सतहदेखि करिब नौ किलोमिटर गहिराइमा भूकम्प उत्पन्न भएको थियो। भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षति भएको खबर प्राप्त भएको छैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande