रेलको चपेटमा परी व्यक्तिको मृत्यु
रेलको चपेटमा परी व्यक्तिको मृत्यु


नगाउँ (असम), 24 नोभेम्बर (हि.स.)। नगाउँ जिल्ला अन्तर्गत पुरनीगोदाम रेलवे स्टेशन नजिक गए राती रेलवे ट्रयाकको छेउमा एकजना व्यक्तिको शव फेला परेको छ। प्राप्त जानकारी अनुसार शिलघाटबाट धुबरी तर्फ जाने रेलको चपेटामा परी उक्त व्यक्तिको मृत्यु भएको आशङ्का गरिएको छ। रेलको ठक्करपछि व्यक्तिको घटनास्थलमै मृत्यु भयो। अन्तिम सूचना पाउँदासम्ममा मृतकको पहिचान हुन सकेको थिएन।

सूचना पाउनसाथ जीआरपीको टोली घटनास्थलमा पुग्यो अनि शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदियो। साथै जीआरपीले मृतकको पहिचान खोलाउने लगाउने प्रयास गरिरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande