
गुवाहाटी, 25 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विस्व सरमाले मङ्गलवार राती सोशल मिडिया पोस्टको माध्यमबाट बोङ्गाई गाउँ पुलिसको कारबाहीको प्रशंसा गर्दै अवैध पशु तस्करी तथा पशुहरूप्रति क्रूरताको निन्दा गरे।
मुख्यमन्त्रीले बताए, बङ्गाई गाउँ पुलिसले अवैध पशु तस्करीको अमानवीय सञ्जालबाट 25 वटा भैँसीहरूलाई उद्धार गरेको छ। भैँसीहरूलाई भुसको बोरामुनि लुकाएर ट्रकको गोप्य कोठामा अवैध रूपमा ओसार-पसार गरिँदै थियो। पुलिसले अपरेशनको क्रममा ट्रक जफत गर्नुका साथै घटनामा संलग्न तीन जना मानिसहरूलाई पक्राउ गरेको छ।
मुख्यमन्त्रीले यस कारबाहीलाई मानवता र विधिको शासनप्रति पुलिसको प्रतिबद्धताको प्रमाण बताए। उनले भने, मूक पशुहरूप्रति क्रूरता र अवैध व्यापारविरुद्ध असम पुलिसको कड़ा कारबाही जारी रहनेछ। जनावरको सुरक्षा एवं विधिको शासन सुनिश्चित गर्ने सरकारको सङ्कल्प रहेको उनले बताए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा