भाजपालाई हराउन अखिल गोगोईले राहुल गान्धीलाई दिए दश सुझाउ
विधायक अखिल गोगोई गुवाहाटी में संवाददाता सम्मेलन को संबोधित करते हुए।


गुवाहाटी, 25 नोभेम्बर (हि.स.)। राइजर दलका अध्यक्ष तथा विधायक अखिल गोगोईले आगामी वर्ष 2029 को चुनाउमा भारतीय जनता पार्टी (भाजपा) लाई पराजित गर्न कङ्ग्रेस नेता राहुल गान्धीलाई दश बुँदे सुझाउ दिएका छन्। साथै गायक जुबिन गर्गलाई न्याय दिलाउन जन आन्दोलन कमजोर भएकोमा उनले निराशा पनि व्यक्त गरेका छन्।

राहुल गान्धीलाई लेखेको पत्रमा गोगोईले आरोप लगाए, कङ्ग्रेसले ककरोच जनता पार्टी (सीजेपी) ले शुरु गरेको जनचेतना आन्दोलनलाई कमजोर बनाएको छ। उनले जुबिन गर्गलाई न्याय दिलाउने मागलाई लिएर पहिला सक्रिय रहेका मानिसहरूको सहभागिता घट्दै गएकोमा पनि चिन्ता व्यक्त गरे।

गोगोईले भने, जुबिन गर्गलाई न्याय दिलाउनको लागि अब आन्दोलनको नेतृत्व उनको परिवारले गर्नुपर्छ। उनले भने, यदि राजनीतिक नेताहरूले आन्दोलनको नेतृत्व गरे भने जनताले उनीहरूलाई विश्वास गर्ने छैनन्। उनले परिवारको नेतृत्वमा सबैलाई एकजुट हुन आह्वान गरे। उनले दुःख व्यक्त गर्दै बने, पहिला न्यायको माग गर्ने अधिकांश मानिसहरू अहिले निष्क्रिय भएका छन् जबकि जुबिन गर्गको जीवनकालमा उनको नजिक रहेका मानिसहरू पनि अब आन्दोलनको मैदानमा देखिँदैनन्।

आगामी 28 नोभेम्बरमा जुबिन गर्गको समाधि स्थलमा हुने जनसभामा सहभागी हुन गोगोईले राज्यका सबै जनतालाई अपील गरे। उनले निराशा व्यक्त गर्दै भने, आमन्त्रित भए पनि कतिपय प्रतिष्ठित व्यक्तिहरू कार्यक्रममा सहभागी हुँदैनन्। उनले भने, जुबिन गर्गको रेन्ज रोभर कार परिवारले बेच्न हुुँदैनथ्यो। गायकले प्रयोग गरेका सबै वस्तुहरू आफ्नो धरोहरको रूपमा सुरक्षित राख्नुपर्छ।

पामी बरठाकुरले कतिपय मानिसहरूलाई फोहोर भनेर टिप्पण गरेकोमा प्रतिक्रिया व्यक्त गर्दै गोगोईले भने, यो गलत थियो। व्यक्ति जति नै तनाउग्रस्त वा दुःखी भए पनि उसले यस तरिकाले जनतालाई सम्बोधन गर्नु हुँदैन।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande