
गुवाहाटी, 25 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विस्व सरमाले राज्यका जनतालाई बिहुको उपहारको रूपमा अर्को वर्ष अप्रेल महिनामा जागीरोडमा सेमिकण्डक्टर परियोजनाको उद्घाटन गर्ने घोषणा गरेका छन्। यस परियोजनाको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने मुख्यमन्त्रीले बताए। मुख्यमन्त्री बुधवार एक कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै थिए।
अर्को घोषणा गर्दै मुख्यमन्त्रीले भने, उडिशाको पारादीप बन्दरगाहबाट पाइपलाइन मार्फत नुमालीगढ़सम्म तेल ल्याउनेछ। नुमालीगढ़ रिफाइनरी (एनआरएल)- मा 6 मेट्रिक टन तेल प्रशोधन गरी भारतीय बजारमा बिक्री गरिने उनले जानकारी दिए।
मुख्यमन्त्रीको यो घोषणालाई राज्यको औद्योगिक विकास तथा ऊर्जा क्षेत्रमा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा