
आसनसोल, 25 नोभेम्बर (हि.स.)। बाराबनी ग्राम पञ्चायतमा प्रधान र उपप्रधानको निर्वाचनका लागि सरकारी सूचना जारी गरिएको भए तापनि तृणमूल कङ्ग्रेसका कुनै पनि पञ्चायत सदस्य उपस्थित नभएको कारण यस क्षेत्रमा असन्तुष्टि फैलियो। पञ्चायत सदस्यहरूको अनुपस्थितिले पञ्चायतको सामान्य सेवामा असर परेको आरोप लगाउँदै स्थानीयहरूले पञ्चायत कार्यालय अगाड़ि विरोध प्रदर्शन गरे।
प्रदर्शनकारीहरूले आरोप लगाएका छन्, बाराबनी ग्राम पञ्चायतमा तृणमूल कङ्ग्रेसको कब्जा रहे पनि पञ्चायत सदस्यहरूको उदासीनताले सर्वसाधारणलाई आवश्यक नागरिक सेवाहरूका लागि कठिनाइको सामना गर्न परिरहेको छ। सरकारी सूचना जारी भए पनि प्रधान र उपप्रधानको निर्वाचन प्रक्रियामा पञ्चायत सदस्यहरू समावेश नभएको कारण पञ्चायत प्रणाली प्रभावित भइरहेको छ।
बुधवार भाजपाका नेता र कार्यकर्ताहरू सहित ठूलो सङ्ख्यामा स्थानीय बासिन्दाहरूले बाराबनी ग्राम पञ्चायत कार्यालय अगाडि भेला भएर घटनाको विरोधमा प्रदर्शन गरे। प्रदर्शनकारीहरूले भने, आम जनताले राजनीतिक मनमुटाव र अन्तर्द्वन्दको परिणाम भोग्न नपरोस्। पञ्चायतको उद्देश्य जनतालाई नागरिक सुविधा उपलब्ध गराउनु र क्षेत्रको विकास गर्नु हो, तर वर्तमान अवस्थामा पञ्चायतको सामान्य प्रणाली प्रभावित भएको छ जसकारण जनताले समस्या भोग्नुपरिरहेको छ।
आन्दोलनकारीहरूले राज्य सरकारलाई माग गरे, पञ्चायतको सामान्य सेवा कायम राख्नको लागि चाँंड़ै नै वैकल्पिक प्रशासनिक प्रणाली लागू गरियोस्। उनीहरू भन्छन्, कुनै पनि राजनीतिक विवादका कारण विकास कार्य, नागरिक सुविधाहरू र आम जनताको आवश्यक कामहरू रोक्नु उचित होइन। प्रदर्शनकारीहरूले बाराबनी ग्राम पञ्चायतमा सामान्य सेवाहरूलाई बहाल गर्न तथा जनताको समस्या समाधान गर्न प्रशासनले शीघ्र हस्तक्षेप गर्नुपर्ने माग गरे।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा