देशभरिका कुशल कारीगरहरू दिल्लीमा जुट्नेछन्, 27 नोभेम्बरदेखि हस्तकला र कलाको बजार सजिने छ
'कारीगर बाजार' में प्रदर्शित


नयाँ दिल्ली, 25 नोभेम्बर (हि.स.)। 'कारीगर बजार'- को दोस्रो संस्करण आगामी 27 नोभेम्बरदेखि 6 दिसम्बरसम्म लोधी रोडस्थित जवाहरलाल नेहरू स्टेडियममा आयोजना हुनेछ। दश दिवसीय यस कार्यक्रममा 26 भन्दा बढी राज्य अनि केन्द्रशासित प्रदेशहरूका 250 भन्दा बढ़ी कारीगर र शिल्पकारहरूले आफ्नो कला अनि हस्तनिर्मित उत्पादनहरू प्रदर्शन गर्नेछन्।

यसमा राष्ट्रिय पुरस्कार एवं सन्त कबीर पुरस्कारबाट सम्मानित कारीगरहरू, साथै जीआई-ट्याग प्राप्त कलाका विशेषज्ञहरू, परम्परागत बुनकरहरू, महिला कारीगरहरू, स्व-सहायता समूहहरू अनि उदीयमान उद्यमीहरू समावेश हुनेछन्।

बजारमा ब्लक प्रिन्टिङ, चिकनकारी, कच्छ एम्ब्रोइडरी, मधुबानी, गोन्ड पेन्टिङ, टेराकोटा, ब्लू पोटरी, धातु र काठको नक्काशी, परम्परागत गहना एवं पर्यावरण अनुकूल हस्तशिल्प उत्पादनहरूका साथै बनारसी, चँदेरी, माहेश्वरी र इकत जस्ता विभिन्न प्रकारका परम्परागत कपड़ाहरू देखिनेछन्।

'कारीगर अनुभव केन्द्र' पनि यस पटक एक विशेष आकर्षण हुनेछ, जहाँ आगन्तुकहरूले बुनाई, कढ़ाई, माटोका भाँडा बनाउने, चित्रकला र नक्काशी जस्ता परम्परागत कलाहरूको प्रत्यक्ष प्रदर्शनहरू हेर्न सक्नेछन्। यसको उद्देश्य मानिसहरूलाई उत्पादनसँगसँगै कला, प्रविधि र त्यस पछाडिका पुस्ताहरूका कारीगरहरूको विरासतसँग जोड्नु हो।

कारीगर बजारका निर्देशक तथा सह-संस्थापक आमिर खानले भने, अघिल्लो संस्करणको उत्साहजनक प्रतिक्रियापछि यस पटक कार्यक्रमलाई व्यापक स्वरूप दिइएको छ। प्लेटफर्मको उद्देश्य कारीगरहरूको पहिचान र बजार उपलब्ध गराउनु अनि उनीहरूलाई उपभोक्ताहरूसँग सिधै जोड्नु हो।

निर्देशक तथा सह-संस्थापक पङ्कज सिंह राणाले कारीगर बजार मार्फत देशका विविध शिल्प परम्परालाई व्यापक मान्यता दिने प्रयास भइरहेको बताए। राष्ट्रिय पुरस्कार विजेताहरूदेखि लिएर स-साना कारीगर समूहहरू तथा महिला स्व-सहायता समूहहरूसम्म सबैले आफ्नो कला प्रदर्शन गर्ने अवसर पाउनेछन्।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande