
तिनसुकिया, 25 नोभेम्बर (हि.स.)। तिनसुकिया जिल्लाको डिगबोई थाना क्षेत्रको गड़बस्ती र औगुरी मार्गस्थित धानको खेतमा जङ्गली हात्तीको हमलामा एकजना व्यक्तिको पीड़ादायी मृत्यु भयो। मृतकको पहिचान औगुरी गाउँ निवासी सुरेश बिँजुवार (37)-को रूपमा भएको छ।
जानकारी अनुसार मङ्गलवार राती सुरेश धानको खेतमा बनेको अस्थायी मचान जस्तै घरमा बसेर खेतको पहरा गरिरहेका थिए। यसैबीच जङ्गली हात्तीले उनलाई आक्रमण गऱ्यो जसकारण उनको घटनास्थलमै मृत्यु भयो।
डिगबोईको गड़बस्ती र औगुरी क्षेत्रमा पहिला पनि मानव-हात्ती द्वन्द्वका थुप्रै घटनाहरू दर्ता भइसकेका छन्। यस क्षेत्रमा सौर्य ऊर्जाबाट सञ्चालित बिजुलीको बार र स्ट्रीट लाइटको अभाव रहेकोले स्थानीयहरूमा चिन्ता बढाएको छ।
घटनापछि स्थानीय जनताले मृतकको परिवारलाई सरकार, प्रशासन र वन विभागबाट उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। साथै हात्ती-मानव द्वन्द्वका घटनाहरूलाई रोक्न प्रभावित क्षेत्रमा सौर्य ऊर्जाबाट चल्ने बिजुलीको बार र स्ट्रीट लाइचहरूको चाँडै व्यवस्था गरिदिने अपील पनि गरेका छन्।
--------
ॉ
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा