कामरूप (मेट्रो) जिल्लालाई एचआईभी/एड्स रोकथाम एवं नियन्त्रणमा सुरक्षित मान्यता प्राप्त
कामरूप (मेट्रो) जिल्लालाई एचआईभी/एड्स रोकथाम एवं नियन्त्रणमा सुरक्षित मान्यता प्राप्त


गुवाहाटी, 25 नोभेम्बर (हि.स.)। एचआईभी/एड्स रोकथाम एवं नियन्त्रणको क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गर्दै कामरूप (मेट्रो) जिल्लाले भारत सरकारको मोबिलाइजेशन फर एड्स सुरक्षा पहल अन्तर्गत 95-95-95 लक्ष्यलाई पूरा गरी 'सुरक्षित' मान्यता प्राप्त गरेको छ। जिल्ला प्रशासनले आज जारी गरेको विज्ञप्तिमा यस आशयको जानकारी दिइएको छ।

उल्लेख्य, आगामी 1 दिसम्बरमा डा. अम्बेडकर अन्तर्राष्ट्रिय केन्द्र, नयाँ दिल्लीमा आयोजना हुने विश्व एड्स दिवस- 2026 को राष्ट्रिय स्तरको कार्यक्रममा कामरूप (मेट्रो) जिल्लालाई सम्मानित गरिनेछ। यस सन्दर्भमा भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका संयुक्त सचिव रितु शर्माले कामरूप (मेट्रो) जिल्लाका जिल्ला आयुक्त स्वप्निल पाललाई औपचारिक रूपमा पत्र पठाएक छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande