
नयाँ दिल्ली, 25 नोभेम्बर (हि.स.)। नगरनिगमका आयुक्त सञ्जीव खिरवारले बुधवार बाहिरी उत्तर क्षेत्रको रोहिणी सेक्टर-23 को निरीक्षण गरी सर-सफाइ व्यवस्थाको जायजा लिए। निगआयुक्तले यस क्षेत्रमा सरसफाइलाई कायम राख्न अधिकारीहरूलाई निर्देश दिए।
सञ्जीव खिरवारले बाहिरी उत्तर क्षेत्रको वार्ड नम्बर-27, बेगमपुरमा सफाई व्यवस्थाको निरीक्षण गरे। निरीक्षणको क्रममा आयुक्तले क्षेत्रमा सरसफाइ कायम राख्न आदेश दिए। उनले रोहिणी सेक्टर-32 र दीप विहारको पनि निरीक्षण गरी त्यहाँ धूलो कम गर्न अधिकारीहरूलाई निर्देश दिए। उनले भने, नगरनिगम दिल्लीलाई सफा, स्वच्छ र हरियाली शहर बनाउनको लागि प्रतिबद्ध छ र यस दिशामा काम गर्दै निगमका वरिष्ठ अधिकारीहरूले व्यक्तिगत रूपमा फील्डमा निरीक्षण गरिरहेका छन्।
निरीक्षण अवधि बाहिरी उत्तर क्षेत्रका उपायुक्त राघवेन्द्र मीमा सहित दिल्ली नगरनिगमका वरिष्ठ अधिकारीहरू उपस्थित थिए। साथै सञ्जीव खिरवारले आज भलस्वा ल्याण्डफिल साइटमा चलिरहेको जैविक खनन कार्यको समीक्षा गरे। आयुक्तले भलस्वा ल्याण्डफिल साइटमा भइरहेको फोहोर डिस्पोजल कार्यको प्रगतिको जायजा लिँदै भलस्वा ल्याण्डफिल साइटमा रहेको बाँकी फोहोरलाई चाँड़ै डिस्पोज गर्न आग्रह गरे।
आयुक्तले भलस्वा ल्याण्डफिल साइटमा ताजा फोहोर डिस्पोजल गर्ने कामलाई द्रुत बनाउन निर्देश दिँदै भने, भलस्वा ल्याण्डफिल साइटमा जमा भएको लिगेसी फोहोर डिस्पोजल गर्ने मासिक लक्ष्यलाई कुनै पनि मूल्यमा पूरा गर्नुपर्छ ताकि लिगेसी फोहोर समयमै डिस्पोज गर्न सकियोस्। उनले भलस्वाको ल्याण्डफिल साइटमा आउने नयाँ फोहोरलाई चाँडै डिस्पोज गर्न पनि निर्देश दिए।
निरीक्षणको क्रममा प्रमुख इञ्जिनियर केके शर्मा सहित दिल्ली नगरनिगमका वरिष्ठ अधिकारी तथा कर्मचारीहरू उपस्थित थिए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा