मुख्यमन्त्री प्रेमसिंह तामाङकी माताको निधनप्रति राज्यपाल दुष्यन्त गौतमद्वारा शोक व्यक्त
मुख्यमन्त्री प्रेमसिंह तामाङकी माताको निधनप्रति राज्यपाल दुष्यन्त गौतमद्वारा शोक व्यक्त


गान्तोक, २५ नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल दुष्यन्त गौतमले मुख्यमन्त्री प्रेमसिंह तामाङकी पूजनीय माता धनमाया तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

राज्यपालले आफ्नो शोक सन्देशमा मुख्यमन्त्री प्रेमसिंह तामाङकी पूजनीय माता धनमाया तामाङको निधनको अत्यन्त दुःखद समाचार प्राप्त भएको बताएका छन्। उनले आमाको स्थान जीवनमा सर्वोपरि हुने उल्लेख गर्दै उनको निधन कुनै पनि परिवारका लागि अपूरणीय क्षति रहेको बताएका छन्।

राज्यपालले दुःखको यस कठिन घडीमा आफ्नो गहिरो समवेदना मुख्यमन्त्री तथा सम्पूर्ण शोकसन्तप्त परिवारमा व्यक्त गरेका छन्। उनले दिवङ्गत पुण्यात्मालाई ईश्वरले आफ्ना श्रीचरणमा स्थान प्रदान गरून् तथा शोकाकुल परिवारजनलाई यस असहनीय दुःख सहन गर्ने असीम शक्ति प्रदान गरून् भनी प्रार्थना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande