
लखनउ, २५ नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको गाजीपुर जिल्ला स्थित नन्दगञ्ज थाना क्षेत्रको धरवाँ गाउँमा बुधवार घरभित्रै आमा-छोरीको हत्या गरिएको छ। दोहोरो हत्याकाण्डको सूचना पाएपछि पुलिस अधिकारी तथा अनुसन्धान टोली घटनास्थल पुगे। पुलिसले घटनास्थलको सूक्ष्म निरीक्षण गरी दुवै शवलाई पोस्टमार्टमका लागि पठाएको छ। पुलिस अधीक्षक विनय कुमारले पनि घटनास्थलको निरीक्षण गरे।
उनले नन्दगञ्ज थाना क्षेत्रको धरवाँ गाउँ निवासी जयमुन निशा (३५) र उनकी १२ वर्षीया छोरी आइमन निशाको चक्कु प्रहार गरी हत्या गरिएको बताए। घटनाको जानकारी पाएपछि पुलिस तथा फरेन्सिक टोली घटनास्थल पुगेर शवहरू आफ्नो नियन्त्रणमा लिई घटनासँग सम्बन्धित प्रमाण सङ्कलन गर्यो।
सोधपुछका क्रममा मृतकका भाइ मोहम्मद अनिरुल्लाहले मंगलवार राति परिवारका सदस्यहरूले बहिनी जयमुनको हालखबर बुझ्न फोन गर्दा उनको मोबाइल बन्द रहेको बताए। कुनै अप्रिय घटना भएको आशङ्कामा परिवारका सदस्यहरू बुधवार बिहान घर पुग्दा जयमुनको रगतले लतपतिएको शव घरभित्र भुइँमा र छोरीको शव ओछ्यानमा फेला परेको उनले बताए।
प्रारम्भिक अनुसन्धानमा दुवैको धारिलो हतियार प्रहार गरी हत्या गरिएको पाइएको छ। मृतकका भाइले परिवारकै एक सदस्यहरूमाथि आमा-छोरीको हत्याको आरोप लगाएका छन्। पुलिसले सबै पक्षबाट घटनाको अनुसन्धान गरिरहेको छ। दुवै शवलाई पोस्टमार्टमका लागि पठाइएको छ।
/ बिशाल