
कोलकाता, 25 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले बुधवार कुचबिहारको भ्रमणावधि वामपन्थीहरूलाई लक्षित गरे। उनले आरोप लगाए, मार्क्सवाादी कम्युनिस्ट पार्टी (माकपा)- ले मूलवासीहरूको जमीन खोसेर बङ्गलादेशीहरूलाई दियो जसकारण राजवंशी र कामतापुरी समुदायका मानिसहरू आफ्नो अधिकारबाट वञ्चित भएका छन्।
मुख्यमन्त्रीले आश्वासन दिए, वर्तमान राज्य सरकार हरसम्भव राजवंशी र कामतापुरी समुदायको साथमा उभिएको छ। उनले भने, सरकारको 'सङ्कल्प पत्र' मा गरिएका सबै वाचा पूरा गरिनेछ। उनले दिल्ली गएर यस विषयमा बैठक गरिसकेको जानकारी पनि दिए।
स्मरणीय छ, मुख्यमन्त्री शुभेन्दु अधिकारी बुधवार रास मेलाको उद्घाटन गर्नका लागि कुचबिहार आइपुगेका छन्, जहाँ उनका केही कार्यक्रमहरू निर्धारित छन्। अन्य कार्यक्रममा सामेल हुनअघि उनले राजवशी र कामतापुरी समाजका विभिन्न सङ्गठनका प्रतिनिधिहरूसँग लामो बैठक गरे जसमा समुदायसँग सम्बन्धित धेरै महत्त्वपूर्ण विषयमा छलफल गरियो।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्रीले भने, 'छलफलका क्रममा थुप्रै मुद्दा उठेका छन्। यसमा हेरिटेज कमिशन गठन, विद्यालयहरूका लागि कोष आवन्टन, प्रवासी श्रमिकहरूको फिर्ती एवं कलाकारहरूलाई भत्ता प्रदान गर्ने लगायतका धेरै कुराहरू समावेश छन्। भूमिमा अवैध कब्जा र निष्कासनको मुद्दा पनि बैठकमा प्रमुख रूपमा छलफल भएको उनले बताए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा