दिल्ली भाजपा कोर ग्रुपको घोषणा, मुख्यमन्त्री रेखा गुप्ता सहित 12 जना सदस्य, 3 जना विशेष आमन्त्रित
अधिसूचना का पत्र


नयाँ दिल्ली, 28 नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- ले शनिवार आफ्नो दिल्ली एकाईको कोर ग्रुपको घोषणा गरेको छ। कोर ग्रुपमा मुख्यमन्त्री रेखा गुप्ता सहित 12 जना नेताहरूलाई सदस्य र 3 जना नेताहरूलाई विशेष आमन्त्रित सदस्यको रूपमा सामेल गरिएको छ। प्रदेश अध्यक्ष हर्ष मल्होत्रा यस कोर ग्रुपका अध्यक्ष हुन्।

भाजपाका अनुसार यस कोर ग्रुपलाई दिल्लीमा पार्टीको रणनीति, सङ्गठनात्मक विस्तार एवं सरकार र सङ्गठनबीचको समन्वयको महत्वपूर्ण जिम्मेवारी दिइएको छ। कोर समूहमा मुख्यमन्त्री रेखा गुप्ता, राज्य महासचिव (सङ्गठन) पवन राणा, पूर्व प्रदेश अध्यक्ष डा. हर्ष वर्धन, पञ्जाबका सह-प्रभारी वीरेन्द्र सचदेवा, राष्ट्रिय मन्त्री जय प्रकाश, पूर्व प्रदेश अध्यक्ष तथा सांसद मनोज तिवारी, सांसद रामवीर सिंह बिधुड़ी, दिल्लीका मन्त्री परवेश साहिब सिंह, आशिष सूद, विधायक सतीश उपाध्याय, अरविन्दर सिंह लभली रहेका छन्।

राज्य प्रभारी डा. विनय सहस्रबुद्धे, राज्य सह-प्रभारी जे सेरिङ्ग नामग्याल तथा राज्य सह-प्रभारी दर्शना जरदोषलाई विशेष आमन्त्रित सदस्यको रूपमा समावेश गरिएको छ। पार्टी सूत्र अनुसार यो कोर ग्रुपले दिल्लीमा हुने आगामी कार्यक्रम, सङ्गठनात्मक निर्णय तथा सरकारका योजनाहरू जनतासम्म पुऱ्याउनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande