
दरङ्ग (असम), 28 नोभेम्बर (हि.स.)। दरङ्ग जिल्ला अधिनस्थ दलगाउँका बासिन्दाहरूका लागि एउटा ठूलो खुशीको खबर छ। दलगाउँमा चाँड़ै नयाँ दलगाउँ नगर परिषद् गठन गरिनेछ। गए शुक्रवार राती नयाँ दिल्लीमा आयोजित असम सरकारको राज्य मन्त्रीपरिषद्को बैठकमा उक्त महत्त्वपूर्ण तथा ऐतिहासिक निर्णय गरिएको हो। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमााले यस आशयको आधिकारिक रूपमा घोषणा गरे। । यो खबर प्रकाशमा आएपछि सम्पूर्ण दालगाउँ क्षेत्रमा खुशी व्याप्त भएको छ।
दीर्घकालीन आशा पूरा भएपछि दलगाउँका बासिन्दाहरूले राज्य मन्त्रीमण्डलको यो निर्णयलाई हार्दिक स्वागत गर्दै मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा सहित राज्य सरकारलाई धन्यवाद दिरहेका छन्।
नगर परिषद्को गठनसँगै दलगाउँ क्षेत्रको शहरी भाग तीव्र गतिमा विकास हुने जनताको अपेक्षा छ। साथै सड़क मर्मत, नाली निर्माण एवं अन्य नागरिक सुविधाहरूमा वृद्धि हुनेछ। यस निर्णयले दलगाउँको समग्र विकासलाई नयाँ दिशा दिने सचेत जनताको भनाइ छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा