
कामरूप (असम), २८ नोभेम्बर (हि.स.)। कामरूप जिल्लामा किशोरीलाई प्रेमको बहानामा होमस्टेमा लगेर बलात्कार गरिएको घटना सार्वजनिक भएको छ। उक्त घटनाको भिडियो नक्कली प्रेमीले आफ्नो मोबाइलमा रेकर्ड गरी आफ्ना साथीहरूसँग सामाजिक सञ्जालमा साझा गरेको थियो। यस घटनामा कथित प्रेमी सहित पुलिसले कूल पाँच जनालाई पक्राउ गरेको छ। यस मामिलामा अझै एक जना आरोपी फरार रहेको बताइएको छ।
छयगाउँ पुलिसले शनिवार दिएको जानकारी अनुसार, दक्षिण कामरूप क्षेत्रकी एक किशोरीलाई गाउँकै एक युवकले छयगाउँको औगुरी पथस्थित होमस्टेमा लगेका थिए। त्यहाँ उनले किशोरीमाथि बलात्कार गर्नुका साथै सम्पूर्ण घटनालाई आफ्नो मोबाइलमा रेकर्ड गरेका थिए। उक्त भीडियो भाइरल भएपछि किशोरीकी आमाले पुलिस थानामा उजुरी दर्ता गराएकी थिइन्।
यसैबीच, युवकका अर्का साथीले पनि किशोरीलाई लगातार ब्ल्याकमेल गर्दै भीडियो सार्वजनिक गरिदिने धम्की दिइरहेको थियो। हाल पुलिसले पोक्सो ऐनअन्तर्गत ६ जना आरोपीमध्ये पाँच जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न एक युवक अझै फरार रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी