
धुबड़ी (असम), 28 नोभेम्बर (हि.स.)। धुबड़ी जिल्लाको चापर थाना क्षेत्र अन्तर्गत चौबारी हिन्दुपारामा भएको सड़क दुर्घटनामा बाइक सवारको घटनास्थलमै मृत्यु भयो। मृतकको पहिचान बोङ्गाईगाउँ जिल्लाका बासिन्दा नमल रायको रूपमा भएको छ।
चापर पुलिस अनुसार यो दुर्घटना गए शुक्रवार राती बहलपुर-कोकराझा सड़कमा भएको हो। नमल राया बाइक (एएस-19टी-4175)- मा सवार भएर कतै गइरहेका थिए। यसैबीच उनको बाइक दुर्घटनाग्रस्त भयो जसमा उनको घटनास्थलमै मृत्यु भयो।
दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन। तर बाइक चलाउँदा चालकले नियन्त्रण गुमाएको हुनसक्ने स्थानीयको अनुमान छ जसले गर्दा दुर्घटना भएको हो।
घटनाको जानकारी पाएपछि चापर पुलिस घटनास्थलमा पुग्यो अनि शनिवार शवलाई पोस्टमर्टम गर्नको लागि अस्पताल पठाइदिएको छ। पुलिसले दुर्घटनाको सम्बन्धमा मुद्दा दर्ता गरी आवश्यक कानुनी कारबाही शुरु गरेको छ। दुर्घटनाको सही कारण पत्तो लगाउन अनुसन्धान भइरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा