बारपेटाः कार र दुई वटा मोटरसाइकलको भिड़न्तमा दुई जना युवाको मृत्यु, दुई जना घाइते
পথ দুৰ্ঘটনা প্ৰতীকাত্মক


बरपेटा (असम), 28 नोभेम्बर (हि.स.)‌। असमको बारपेटा जिल्लाको सर्थेबारी पुलिस थाना अन्तर्गत राउलीमा शनिवार बिहान भएको सड़क दुर्घटनामा दुई जना युवकको घटनास्थलमै मृत्यु भयो भने अन्य दुई जना गम्भीर रूपमा घाइते भए। दुर्घटना त्यसबेला भयो जतिबेला एउटा अल्टो कारले दुई वटा मोटरसाइकललाई भयाक ठक्कर दियो। घटनापछि क्षेत्रमा खैलाबैला मच्चियो।

पुलिस अनुसार शनिवार बिहान राउली क्षेत्रमा द्रुत गतिमा गइरहेको अल्टो कारले दुई वटा मोटरसाइकललाई ठक्कर दियो। ठक्कर यति गम्भीर थियो कि दुवै मोटरसाइकलमा सवार चार जना मानिसहरू गम्भीर घाइते भए। दुर्घटनामा दुई युवकको घटनास्थलमै मृत्यु भयो।

मृतकहरूको पहिचान गहिया गाउँका अजय कुमार नाथ (23) र अरूप नाथ (26)- को रूपमा भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका अङ्कुर नाथ र धनञ्जय नाथलाई तत्कालै अस्पताल लगियो। अङ्कुर नाथलाई गाहिया प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ भने धनञ्जय नाथलाई उन्नत उपचारको लागि बरपेटा मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ।

दुर्घटनापछि अल्टो कारका चालक घटनास्थलबाट भाग्यो। सूचना पाएपछि पुलिस घटनास्थलमा पुग्यो अनि ट्रकलाई जफत गऱ्यो। पुलिसले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ साथै चालकको खोजी पनि गरिरहेको छ।

उल्लेख्य, काजिरङ्गा राष्ट्रिय निकुञ्जमा हालै भएको घातक सड़क दुर्घटनामा 26 जनाको मृत्यु भएपछि राज्य सरकारको निर्देशमा यातायात विभाग र पुलिस प्रशासनले सड़क सुरक्षा सम्बन्धी थुप्रै कड़ा कदमहरू चालेको छ। तथापि राज्यमा सड़क दुर्घटनाको क्रम रोकिएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande