कुचबिहार पोलिटेक्निक कलेजमा हिंसात्मक झड़प, हस्टलमा आक्रमण गरेको आरोप
कूचबिहार पॉलिटेक्निक कॉलेज के बाहर तैनात पुलिस


कुचबिहार, 28 नोभेम्बर (हि.स.)। कुचबिहार पोलिटेक्निक कलेजमा पिकनिकलाई लिएर भएको विवादले हिंसात्मक मोड़ लियो। गए शुक्रवार अबेर राती कलेज क्याम्पसमा दुई पक्षमाझ कैयौं पटक झड़प भयो जसमा दुवै पक्षका धेरै जना घाइते भएको बताइएको छ। स्थितिलाई नियन्त्रण गर्न कोतवाली थानाको पुलिसलाई हस्तक्षेप गर्नुपऱ्यो।

प्राप्त जानकारी अनुसार शुक्रवार कलेज क्याम्पसमा केही बाहिरी व्यक्तिहरूले गरेको पिकनिकलाई लिएर विवाद शुरु भयो। हस्टलमा बस्ने विद्यार्थीहरूले यसको विरोध गर्दा बाहिरी व्यक्तिहरूले आक्रमण गरेको आरोप लगाइएको छ। त्यसपछि दुवै पक्षबीच झड़प भयो। पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो।

तॉथापि दिउँसो शुरु भएको विवाद अबेर रातीसम्म जारी रह्यो।

राती अँध्यारोमा केही युवकहरूले छात्रावासभित्र पसेर व्यापक तोड़फोड़ र दङ्गा गरेको आरोप लगाइएको छ। यस अवधि हस्टलका विद्यार्थीहरू आफ्नो ज्यान बचाउन दौडिँदै गरेको देखियो। सोही समयमा छात्रावासको माथिल्लो तलाबाट इँटा र ढुङ्गा फ्याँकिएको आरोप लागेको छ। सूचना पाएपछि प्रचुर मात्रामा पुलिस बल घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रणमा ल्यायो।

हस्टलमा बस्ने विद्यार्थीहरूले आरोप लगाए, बाहिरका व्यक्तिहरूले पिकनिक गरेकोमा आपत्ति जनाउँदा उनीहरूमाथि आक्रमण गरियो। । यतिमात्र नभएर अबेर राती हस्टलभित्र प्रवेश गरेर तोड़फोड़ र लुटपाट पनि गरियो। घटनामा एबीवीपीका सदस्यहरू संलग्न रहेको केही छात्रावासका विद्यार्थीहरूले आरोप लगाएका छन्।

अर्कातिर एबीभीपीले आफूमाथि लागेको सबै आरोपहरूलाई अस्वीकार गरेको छ। सङ्गठनले दाबी गरे अनुसार छात्रावासमा बस्ने तृणमूल समर्थक तथा केही असामाजिक तत्त्वहरूले अशान्ति फैलाइरहेका थिए। तिनीहरूले त्यहाँबाट गइरहेको सेनाको वाहनमा पनि इँटा फाकेका थिए। एबीभीपीका सदस्यहरूले विरोध गर्दा आक्रमण गरिएको थियो। हाल पुलिसले दुवै पक्षले एक-अर्कामाथि लगाएको आरोपबीच सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande