
दुर्गापुर, 28 नोभेम्बर (हि.स.)। दुर्गापुरको कोकओभन थाना क्षेत्र अन्तर्गत सगरभाङ्गा गोपीनाथपुर गाउँको ताँतीपाड़ाम शनिवार बिहान घरको सँघारमै एकजना महिलाको शव भेटिएको घटनाले क्षेत्रमा सन्त्राष फैलायो। घटनाको जानकारी पाए लगत्तै पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जा गरी पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिसले यस मामिलामा शुभाशिष ब्यानर्जी नामक व्यक्तिलाई पक्राउ गरेको छ।
स्थानीय सूत्र अनुसार शनिवार बिहान 6ः30 बजेतिर ताँतीपाड़ाका बासिन्दा शम्भुनाथ घोष सुरक्षाकर्मीको ड्यूटी सिद्ध्याएर घर फर्केका थिए। घरमा प्रवेश गर्दा उनले घरको सँघारमा एकजना महिलालाई मृत अवस्थामा देखे। त्यो दृश्य देखेर उनी स्तब्ध भए। त्यसपछि कोकओभन थानाको पुलिसलाई सूचित गरियो। पुलिस घटनास्थलमा पुगेर आफ्नो शवलाई पोस्टमर्टम गर्नको लागि अस्पताल पठाइदिएको छ।
घटनालाई लिएर केही प्रश्नहरू उठिरहेका छन्। मृत महिलाको पहिचान के हो, उसको मृत्यु कुन परिस्थितिमा भयो तथा शवलाई अन्यत्रबाट ल्याएर त्यहाँ छोड़िएको हो-होइन, यी तमाम पक्षहरूको जाँच पुलिसले गरिरहेकोछ।
घटनाको जानकारी पाएर भाजपा नेता पनि घटनास्थलमा पुगे। पुलिसले मामिलाको जाँच शुरू गरेको छ भने शुभाशिष ब्यानर्जीलाई पक्राउ गरी घटनाका विभिन्न पक्षहरूको जाँच गरिरहेको छ।
/ बिशाल