पत्नीले हथौड़ाले हानेर गरे पत्नीको हत्या
कलयुगी पति ने हथौड़ा मारकर की अपनी पत्नी की हत्या


धौलपुर, २८ नोभेम्बर (हि.स.)। विवाहका बेला सात फेरा लिएर सात जन्मसम्म साथ निभाउने वाचा गरेका एक पतिले हथौड़ाले हानेर आफ्नै पत्नीको हत्या गरेका छन्। राजस्थानको पूर्वी भागमा पर्ने धौलपुर जिल्लाको सरमथुरा उपखण्ड क्षेत्रमा शुक्रवार राति यो घटना सार्वजनिक भएको हो। हत्या गरेपछि आरोपी पति घटनास्थलबाट फरार भएका छन्। यस सम्बन्धमा मृतक महिलाका भाइले आरोपी पति विरुद्ध हत्याको मुद्दा दर्ता गराएका छन्।

धौलपुर जिल्लाको आंगई पुलिस थानाका प्रभारी कृपाल सिंहले शुक्रवार साँझ आंगई पुलिस थाना क्षेत्रको चिलाखुर गाउँमा ३५ वर्षीया महिलाको उनकै पतिले हत्या गरेको सूचना प्राप्त भएको बताए। उक्त सूचनापछि घटनास्थल पुगेको पुलिसले महिलाको शव नियन्त्रणमा लिएर सरमथुरा स्थित सरकारी अस्पतालको शवगृहमा राखेको थियो। यसैबीच, भरतपुरबाट पुगेको एफएसएल टोलीले पनि घटनास्थलबाट प्रमाणहरू सङ्कलन गरेको छ।

घटनाको सूचना पाएपछि आगरा जिल्लाको खेरागढ़ पुलिस थाना क्षेत्र अन्तर्गत गढ़ी दौलता गाउँ निवासी मृतक महिलाको माइती पक्षका मानिसहरू घटनास्थल पुगेका थिए। यस सम्बन्धमा मृतकका भाइले उनका पति धर्मवीरमाथि हत्याको आरोप लगाउँदै पुलिसमा उजुरी दर्ता गराएका छन्।

पुलिसले शनिवार मृतक महिलाको शव मेडिकल बोर्डबाट पोस्टमार्टम गराएपछि परिवारजनलाई जिम्मा लगाएको छ। पुलिसले अनुसन्धान अघि बढ़ाउँदै घटनास्थलबाट फरार आरोपी पतिको खोजी शुरु गरेको छ।

/ बिशाल


 rajesh pande