
जलपाईगुडी, 28 नोभेम्बर (हि.स.)। खेतमा धान कटाई लगभग पूरा हुनसाथ जङ्गली हात्तीहरू अब आवासीय क्षेत्रतिर प्रवेश गर्न थालेका छन्। मटियाली ब्लकको बिधाननगर ग्राम पञ्चायत अन्तर्गत गुरुबाधुरा क्षेत्रमा शनिवार बिहान जङ्गली हात्तीले व्यापक उत्पात मच्चायो। । हात्तीले किराना पसल र घरमा आक्रमण गरी त्यहाँ भण्डार गरिएका खानेकुराहरू खाएर नष्ट गरिदियो। अचानक भएको आक्रमणले क्षेत्रमा आतङ्क फैलाएको छ। परिवारका सदस्यहरूले कुनै प्रकारले भागेर आफ्नो ज्यान बचाए।
स्थानीय सूत्र अनुसार जङ्गली हात्ती सबैभन्दा पहिला बिधाननगर ग्राम पञ्चायतको माथाचुलका बटतला क्षेत्रमा प्रवेश गरेको थियो। अचानक आफू सामु हात्ती देखाका स्थानीय दुईजना बासिन्दा भाग्यले बचे। त्यसपछि हात्ती माथाचुलका बटतलादेखि गुरुबाधुरा क्षेत्रतर्फ गयो। त्यहाँ उसले कैलाश रायको किराना पसल र घरमा आक्रमण गऱ्यो।
हात्तीले पसलमा तोड़फोड़ गर्नको साथै भित्र राखिएका खानेकुरा खाएर नष्ट गरिदियो। स्थानीयहरूले चिच्याएर हो-हल्ला गर्न थालेपछि हात्ती त्यहाँबाट निक्लेर नजिकैको खरियार बन्दर जङ्गल तर्फ गयो। धान कटाई पूरा हुनसाथ हात्तीहरू खानाको खोजीमा आवासीय क्षेत्रमा प्रवेश गरेको घटनाले फेरि एक पटक स्थानीयहरूको चिन्ता बढाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा