
-दुवै परिषदमा 291 जना उम्मेद्वार चुनावी मैदानमा छन् जहाँ 7.46 लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्
गुवाहाटी, 28 नोभेम्बर (हि.स.)। असममा मिसिङ्ग स्वायत्त परिषद् (एमएसी) र सोनोवाल कचारी स्वायत्त परिषद् (एसकेएसी)- को आम चुनाउको प्रचार अभियान शनिवार साँझ 4 बजे समाप्त भयो। दुवै परिषद्को निर्वाचन आगामी 30 नोभेम्बरमा हुनेछ। राज्य निर्वाचन आयोगले गत 3 नोभेम्बरमा निर्वाचन कार्यक्रम अधिसूचित गरेको थियो।
मिसिङ्ग स्वायत्त परिषद्को चुनाउमा 172 जना उम्मेद्वारहरू चुनावी मैदानमा उत्रेका छन्। 5,94,052 मतदाताहरूले यस परिषद् चुनाउमा 989 मतदान केन्द्रहरूमा आफ्नो मताधिकार प्रयोग गर्नेछन्। सोनोवाल कछारी स्वायत्त परिषद्को चुनाउमा 119 जना उम्मेद्वारहरू चुनावी मैदानमा छन्। यहाँ 1,52,250 मतदाताहरूले 310 मतदान केन्द्रहरूमा आफ्नो मतदान गर्नेछन्।
दुवै परिषद्को चुनाउमा मोठ 291 जना उम्मेदवारको भाग्य 7,46,302 मतदाताहरूले निर्धारण गर्नेछन्। मतदानको लागि मोठ 1,299 केन्द्रहरू स्थापना गरिएको छ।
असम राज्य निर्वाचन आयोगले दुवै परिषद्को चुनाउलाई सहज, शान्तिपूर्ण र निष्पक्ष रूपमा सञ्चालन गर्नको लागि सबै आवश्यक तयारी सम्पन्न गरेको छ। मतदान केन्द्रहरूमा 5,196 पीठासीन र मतदान अधिकारीहरूलाई तैनाथ गरिएको छ। निर्वाचन प्रक्रियाको निगरानी गर्नका लागि 45 जना निर्वाचन पर्यवेक्षकहरूलाई नियुक्त गरिएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा