
खरसाङ, 28 नोभेम्बर (हि.स.)। खरसाङ क्षेत्रमा रहेका विभिन्न सिण्डिकेटका चालकहरुलाई लिएर एउटा साझा संगठन गठन गरिएको छ, जसको नाम अल खरसाङ ड्राइभर वेलफेयर एसोसिएसन राखिएको छ।
विगत केही समयदेखि खरसाङ क्षेत्रका विभिन्न सिण्डिकेटका चालकहरुलाई लिएर संगठन गठनको लागि पहल चलिरहेको थियो। यसै क्रममा शनिवार खरसाङमा उक्त संगठन गठन गरिएको छ।
उक्त अल खरसाङ ड्राइभर वेलफेयर एसोसिएसनमा सर्वसहमतिद्वारा सभापतिमा बीरेन तामाङ, उप सभापति शिखर प्रधान, सचिव धिरेन खाती, सह सचिव कृष्ण प्रधान, कोषाध्यक्ष बिनय वाईबा र रुपेन तामाङ चयन भएका छन्। यस संगठनमा मुख्य सल्लाहकारको रुपमा आईतमान राई, समीर राई, विप्लव खवास, अर्जुन लामा, धिराज तामाङ, दिलिप प्रधान लगायत अन्य र कार्यकारी सदस्यहरु चयन भएको मुख्य सल्लाहकार आईतमान राईले जानकारी गराएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक