तीन करोड़ रुपियाँ मूल्यका यावा ट्याब्लेट सहित एकजना पक्राउ
3 करोड़ की यावा टैबलेट समेत एक गिरफ्तार


हैलाकान्दी (असम), २८ नोभेम्बर (हि.स.)। हैलाकान्दी जिल्लाको लक्ष्मीनगर क्षेत्रमा पुलिसले अभियान चलाएर तीन करोड़ रुपियाँ मूल्यका यावा ट्याब्लेट सहित एकजना तस्करलाई पक्राउ गरेको छ। पुलिसले शनिवार दिएको जानकारी अनुसार, गत राति गोप्य सूचनाका आधारमा जिल्लाको लक्ष्मीनगर क्षेत्रमा चलाइएको अभियानका क्रममा ६० हजार यावा ट्याब्लेट सहित उक्त तस्करलाई पक्राउ गरिएको हो। पक्रा परेको तस्करको पहिचान मञ्जुर हुसैनका रूपमा गरिएको छ।

पक्रा परेको आरोपी ६० हजार यावा ट्याब्लेट लिएर मिजोरमबाट श्रीभूमितर्फ आइरहेको थियो। उ श्रीभूमि जिल्ला अन्तर्गत पथारकान्दीको फकुवा गाउँको निवासी रहेको बताइएको छ। तस्करीमा प्रयोग गरिएको एएस०१ईएन-१८७५ नम्बरको कार पनि पुलिसले जफत गरेको छ।

जफत गरिएका यावा ट्याब्लेटको कालोबजार मूल्य तीन करोड़ रुपियाँ अनुमान गरिएको छ। पुलिसले यस सम्बन्धमा एनडीपीएस ऐनका धाराअन्तर्गत प्राथमिकी दर्ता गरी घटनाको अनुसन्धान गरिरहेको छ।

/ बिशाल


 rajesh pande