
दुर्गापुर, 28 नोभेम्बर (हि.स.)। पाण्डवेश्वरको फूलबगान रेलवे गेट बन्द गर्ने रेलवेको निर्णयविरुद्ध शनिवार बिहान पाण्डवेश्वरमा स्थानीय मानिसहरूहरू आक्रोशित भए। रेलवे र आरपीएफको टोली रेलवे गेट बन्द गर्न फूलबगान पुग्दा त्यहाँका व्यापारी, महिला, वृद्ध-वृद्धा एवं विद्यार्थीहरू सहित ठूलो सङ्ख्यामा स्थानीय मानिसहरू त्रिरङ्गा लिएर विरोध गर्न उत्रिए। जनताको व्चापक विरोधको फलस्वरूप रेलवे टोलीलाई गेट बन्द गर्ने प्रक्रियालाई रोकेर बखाली हात फर्कनुपऱ्यो।
वास्तवमा पूर्वी रेलवेले 28 नोभेम्बर, 2026- देखि पाण्डवेश्वर-डालुरबाँध साइडिङ्गको बीचमा रहेको मानव रहित रेलवे क्रसिङ्गलाई स्थायी रूपमा बन्द गर्न अधिसूचना जारी गरेको थियो। यात्राको विकल्पको रूपमा रेलवेले सड़क ओभरब्रिजबाट एनएच-60 हुँदै जाने सुझाउ दिएको छ। तर स्थानीयहरू भन्छन्, यो विकल्पले उनीहरूलाई लगभग चारदेखि पाँच किलोमीटरको अतिरिक्त दूरी यात्रा गर्न बाध्य पार्नेछ जसले गर्दा दैनिक यात्रामा धेरै असुविधा हुनेछ।
स्थानीय मानिसहरू अनुसार फूलबगान रेलवे क्रसिङ्ग पाण्डवेश्वरको लागि अत्यन्त महत्त्वपूर्ण मार्ग हो। क्रसिङ्गको एकातिर थाना, स्वास्थ्य केन्द्र र विद्यालयहरू छन् भने अर्कोतिर मुख्य बजार, पोस्ट अफिस र कलेज सहित धेरैवटा महत्त्वपूर्ण संस्थानहरू अवस्थित छन्। यस मार्गबाट दैनिक हजारौँ विद्यार्थी, बिरामी, व्यापारी र सर्वसाधारणहरूले यात्रा गर्छन्। यस्तो अवस्थामा वैकल्पिक मार्गको व्यवस्था नगरी रेलवेको क्रसिङ्ग बन्द गर्ने निर्णयले जनताको समस्यालाई बढ़ाउन सक्छ।
प्रदर्शनकारीहरूले रेलवेसित माग गरे, फूलबगान मोड़अघि वैकल्पिक मार्गको व्यवस्था गरियोस्, त्यसपछि रेलवे गेटलाई बन्द गर्नेमाथि विचार गरियोस्। वैकल्पिक व्यवस्थाबिना क्रसिङ्ग बन्द गर्ने निर्णयलाई स्वीकार गरिने छैन भनी जनताले स्पष्ट पारे। विरोधपछि रेलवेको टोलीलाई फर्किनुपऱ्यो। वैकल्पिक मार्गको व्यवस्था नभएसम्म आन्दोलन जारी रहने स्थानीय जनताले चेताउनी दिएका छन्।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा