
सोरेङ, २८ नोभेम्बर (हि.स.)। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङकी आमा स्वर्गीय धनमाया तामाङको निधनप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।
प्रधानमन्त्री मोदीले आफ्नो शोक सन्देशमार्फत स्वर्गीय धनमाया तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै यस कठिन घडीमा शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै परिवारका सदस्यहरूलाई यस अपूरणीय क्षति सहन सक्ने शक्ति प्रदान होस् भनी प्रार्थना गरेका छन्।
प्रधानमन्त्रीको यस शोक सन्देशले दुःखको घडीमा मुख्यमन्त्री प्रेमसिंह तामाङ र उनको परिवारप्रति ऐक्यबद्धता तथा समवेदना व्यक्त गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल