मुख्यमन्त्री तामाङले मुख्यमन्त्री खाण्डुप्रति हार्दिक आभार प्रकट गरे
मुख्यमन्त्री खाण्डु श्रद्धाञ्जली अर्पण गर्दै


सोरेङ, २८ नोभेम्बर (हि.स.)। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले आज सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको सोरेङस्थित सिङलिङ निवास पुगेर उनकी दिवङ्गत आमा स्वर्गीय धनमाया तामाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले मुख्यमन्त्री तामाङ तथा शोकसन्तप्त परिवारजनसँग भेट गरी समवेदना व्यक्त गरे।

मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पेमा खाण्डुको आफ्नो निवासमा भएको भ्रमणप्रति आभार व्यक्त गरेका छन्। उनले दुःखको यस घडीमा खाण्डुको उपस्थिति र समवेदनाका शब्दहरूले आफू तथा आफ्नो परिवारलाई ठूलो सान्तवना र आत्मबल प्रदान गरेको बताएका छन्।

साथै, आफ्नो परिवारको दुःखमा सहभागी भई साथ दिन समय निकालेकोमा उनले मुख्यमन्त्री खाण्डुप्रति हार्दिक आभार प्रकट गरेका छन्।

उल्लेखनीय छ, अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खण्डू मुख्यमन्त्री प्रेमसिंह तामाङकी दिवङ्गत माताप्रति श्रद्धाञ्जली अर्पण गर्न आज सिक्किम आएका हुन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande