
कुचबिहार, 28 नोभेम्बर (हि.स.)। कुचबिहार पोलिटेक्निक कलेजमा पिकनिकको विवाद र छात्रावासमा तोड़फोड़को घटनापछि विद्यार्थीहरू आतङ्कित भएका छन्। सुरक्षाको चिन्तामा छात्रावासका विद्यार्थीहरूले शनिवार छुट्टीको आवेदन गरेर आ-आफ्नो घर फर्किए। अहिले छात्रावासको मुख्य गेट बन्द गरिएको छ। साथै कुनै पनि अप्रिय घटना हुन नदिन पुलिसले छात्रावास परिसरमा निरन्तर गस्ती गरिरहेको छ।
कलेजकी प्रिन्सिपल अमूल्या बर्मन अनुसार गए शुक्रवार कलेजका केही विद्यार्थी र हस्टलमा बस्ने विद्यार्थीबीच पिकनिकलाई लिएर विवाद शुरु भएको थियो। पछि यो विवाद कुटपिटमा परिणत भयो। पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। तर केही बाहिरी व्यक्तिहरू अबेर राती फेरि छात्रावासमा प्रवेश गरी तोड़फोड़ गरेको आरोप लगाइएको छ।
प्रिन्सिपलले जानकारी दिइन्, हस्टलमा तोड़फोड़ गरिएको कारण अहिलेघरि विद्यार्थी बस्ने स्थिति छैन, त्यसैले उनीहरूलाई घर फर्किने अनुमति दिइएको हो। छात्रावासको मर्मत कार्य सम्पन्न भएपछि विद्यार्थीहरू फर्कनेछन्।
उल्लेखनीय छ, उक्त घटनालाई लिएर छात्रावासका विद्यार्थी र अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी)- बीच आरोप-प्रत्यारोपको सिलसिला शुरू भएको छ। अर्कातिर एबीवीपीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेको छ।
अहिले पिकनिकलाई लिएर शुरु भएको विवाद कलेजको हस्टेल खाली गर्ने बिन्दुसम्म पुगेको छ। सबैका आँखा अब विद्यार्थीहरूको पुनरागमन र स्थिति सामान्य हुने सम्बन्धमा प्रशासनको कदममाथि केन्द्रित भएको छ।
/ बिशाल