छह वटा गाई सहित दुईजना तस्कर पक्राउ
गिरफ्तार आरोपितों को ले जाती पुलस 


सिलगढ़ी, २८ नोभेम्बर (हि.स.)। दार्जीलिङ जिल्ला अन्तर्गत फाँसीदेवा स्थित विधाननगर जाँच केन्द्रको पुलिसले पशु तस्करीको ठूलो प्रयास विफल पार्दै छह वटा गाई सहित दुई जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेको आरोपीहरूको पहिचान अरुणाचल प्रदेश निवासी अङ्कित राय र बिहार निवासी हरेंद्र सिंहका रूपमा गरिएको छ। आरोपीहरूले यी गाईहरू बिहारबाट अरुणाचल प्रदेश लैजाने प्रयास गरिरहेका थिए।

पुलिस स्रोतबाट प्राप्त जानकारी अनुसार, विधाननगरको मुरलीगञ्ज चेकपोस्ट अगाड़ी बिहान सबेरै नाका जाँचका क्रममा शङ्काका आधारमा एउटा लरीलाई रोकियो। तलासी लिने क्रममा गाड़ीभित्रबाट छह वटा गाई जफत भए। पुलिसले लरीका चालक र सहचालकसँग पशुहरू सम्बन्धी वैध कागजात माग्दा उनीहरूले कुनै पनि कागजात देखाउन सकेनन्। त्यसपछि पुलिसले दुवैलाई घटनास्थलबाटै पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानमा तस्करहरूले यी गाईहरू बिहारको हाजीपुरबाट अरुणाचल प्रदेश लैजाने योजना बनाएको खुलेको छ। विधाननगर जाँच केन्द्रको पुलिसले यस मामिलामा गहन अनुसन्धान गरिरहेको छ।

/ बिशाल


 rajesh pande