नेपालमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा भारतीय नागरिकको मृत्यु, घाइते पनि भारतीय
हेलीकॉप्टर दुर्घटना का सीसीटीवी फुटेज


काठमाडौँ, ०३ नोभेम्बर (हि.स.)। सोलुखुम्बु जिल्लामा आज बिहान डाइनेस्टी र फिस्टेल एयरका दुई हेलिकप्टर आपसमा ठोक्किँदा ज्यान गुमाउने विदेशी नागरिकको पहिचान खुलेको छ। सोलुखुम्बु जिल्ला पुलिस कार्यालयका डीएसपी नवीनराज बुढाथोकीका अनुसार, मृतक ४७ वर्षीय भारतीय नागरिक वसन्त कुमार बलारा माडू रहेका छन्।

यस दुर्घटनामा भारतीय मूलका ५३ वर्षीय न्युजिल्यान्डका नागरिक शैलेश किसन पटेल घाइते भएका छन्। पुलिसका अनुसार, फिस्टेल हेलिकप्टरका चालकसमेत सामान्य घाइते भएका छन्। यद्यपि, तत्काल उनको नाम पुष्टि हुन सकेको छैन।

डीएसपी बुढाथोकीले खुम्बु पासाङल्हामु गाउँपालिकास्थित फेरिचेमा रहेको हेलिप्याडमा आज बिहान अवतरण गर्ने क्रममा दुवै हेलिकप्टरका पङ्खा आपसमा ठोक्किँदा दुर्घटना भएको जानकारी दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande