कुलतली बीएल एण्ड एलआरओ कार्यालयको ग्रुप-डी कर्मचारी घूस लिँदै गर्दा समातियो
एसीबी की गिरकार्रवाई


कोलकाता, 04 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गाल भ्रष्टाचार विरोधी शाखा (एसीबी) ले दक्षिण 24 परगना जिल्लाको कुलतली ब्लकमा अवस्थित ब्लक ल्याण्ड एण्ड ल्याण्ड रिफर्म अफिसर (बीएल एण़्ड एलआरओ) कार्यालयमा सफल ट्र्याप अपरेशनलाई परिणाम दिएको छ। यस अपरेशन अन्तर्गत उक्त कार्यालयमा काम गर्ने ग्रुप-डी (चतुर्थ श्रेणी)- का एकजना कर्मचारीलाई घूस लिँदै गर्दा टाउँबाटै पक्राउ गरिएको छ।

एसिबीको पक्षबाट आईपीएस आकाश मघारियाले बुधवार बताए, एसेबीले यो कारबाटी एउटा सिकायतको आधारमा गरेको हो जसमा आरोप लगाइएको थियो, भूमि म्यूटेशन (दर्ता-खारेज) प्रक्रियालाई अगाड़ि बढ़ाएको सट्टामा उक्त कर्मचारीले 3 हजार रुपियाँ अवैध घूसको माग गरिरहेको थियो। सिकायतलाई गम्भीर रूपमा लिएर एसीबीको एउटा विशेष टीमले धराप थाप्यो जसमा अभियुक्त कर्मचारीलाई घूसको राशि लिँदै गर्दा समातियो।

भ्रष्टाचार विरोधी शाखाले अभियुक्तलाई हिरासतमा लिएको र मुद्दामा कानुन अनुसार थप सबै आवश्यक कानुनी औपचारिकता पूरा भइरहेको पुष्टि गरेको छ। यस द्रुत कारबाहीले प्रशासनिक सर्कलमा खैलाबैला मच्चाएको छ।

-------

/ बिशाल


 rajesh pande