अगपको बैठकमा स्वायत्त परिषद् एवं नगर निकाय चुनाउमाथि चर्चा
AGP President Atul Bora in 42nd Foundation Day.


गुवाहाटी, ०4 नोभेम्बर (हि.स.)। असम गण परिषद् (अगप) को महानगर समितिको कार्यालयमा बुधवार पार्टीका केन्द्रिय पदाधिकारीहरूको एक बैठक सम्पन्न भयो। बैठकमा आगामी स्वायत्त परिषद्को चुनाउ र नगरपालिका चुनाउका तयारीहरूमाथइ विस्तृत चर्चा गरियो।

बैठकमा मिरी (मिसिङ्ग), सोनोवाल कछारी तथा तिवा स्वायत्त परिषद्को निर्वाचनलाई लिएऱ विचार-विमर्श गरियो। यसबाहेक आगामी नगरनिगम अनि नगरपालिका बोर्डको निर्वाचनको सन्दर्भमा पनि छलफल गरियो।

बैठकमा चुनाउलाई लिएर पार्टीको सङ्गठनात्मक तयारी एवं आगामी रणनीतिमाथि विचार गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande