
गुवाहाटी, 04 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले बुधवार कङ्ग्रेस नेता राहुल गान्धीमाथि प्रधानमन्त्री नरेन्द्र मोदीलाई ओपन डिबेटका लागि चुनौती दिएकोमा चर्को प्रतिक्रिया व्यक्त गरे।
मुख्यमन्त्रीले आफ्नो सोशल मिडियामा एउटा भिडियो पोस्ट गर्दै राहुल गान्धीमाथि प्रत्याक्र्मण गरेका छन्। गान्धीको ओपन डिबेटको प्रस्तावको जवाफ दिँदै डा. सरमाले प्रश्न उठाए, कङ्ग्रेस नेताले विपक्षी नेताको रूपमा आफ्नो जिम्मेवारी बुझेका छन्? उनी चर्चा कहाँ गर्न चाहन्छन्-सडकमा, कुनै गल्लीमा वा संसदमा?
सोनिया गान्धी र प्रियङ्का गान्धी वाद्राको उल्लेख गर्दै डा. सरमाले भने, पार्लियामेन्टमा स्पीकर हुँदाहुँदै तपाईँलाई न्यायाधीशका रूपमा डा मोहन भागवतजीको आवश्यकता किन पऱ्यो? तपाईँकी आमा र बहिनी पनि संसदमा छन् तथा न्यायाधीशहरूको कुनै कमी छैन।
भारत-अमेरिका सम्झौतामाथि बहस गर्ने गान्धीको मागलाई लक्षित गर्दै मुख्यमन्त्री डा सरमाले प्रस्तावित छलफलको आधारमा प्रश्न उठाए।
असमका मुख्यमन्त्रीले भने, संसद बहसमा बोफोर्सकाण्ड र भोपाल ग्यास त्रासदी सहित विभिन्न मुद्दाहरूलाई सामेल हुनसक्छ। उनले राजनीतिक मुद्दाहरूलाई सड़कमा लैजाने गान्धीको कथित प्रयासमाथि पनि प्रश्न उठाउँदै भने, यो बङ्गलादेश वा नेपाल होइन।
डा. सरमाले गान्धीको विदेश भ्रमण अनि चीनीयाँ कम्युनिस्ट पार्टीसँग उनको कथित समझदारी पत्रमा हस्ताक्षरबारे पनि प्रश्न उठाए।
मेरो एउटा मात्र रिक्वेस्ट छ। तपाईँ एङ्ग्री यङ्ग म्यानले जस्तै व्यवहार गर्न सक्नुहुन्न। म तपाईँलाई निःशुल्क सल्लाह दिन्छु, यदि तपाईँ असल नेता बन्न चाहनुहुन्छ भने संसदमा ठीकसँग बहस गर्नुहोस् अनि शान्तिपूर्वक गर्नुहोस्।
तपाईँहरू सड़कमा बहस चाहनुहुन्छ र हामी यसलाई संसदमा चाहन्छौँ, डा सरमाले भने। अर्को पटक कसैलाई भ्यालेन्टाइन दिवसमा गुलाब दिनुहोस्, दिपावलीलीमा होइन।
स्मरणीय छ, राहुल गान्धीले प्रधानमन्त्री मोदीलाई खुला बहसका लागि चुनौती दिएको मुद्दामा मुख्यमन्त्रीले आज प्रतिक्रिया दिएका हुन्।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा