
गुवाहाटी, ०4 नोभेम्बर (हि.स.)। असमको नलबाड़ी जिल्लामा अब कुनै पनि सरकारी शिक्षकले पत्रकारिता गर्न पाउने छैनन्। जिल्ला शिक्षा विभागले यस सम्बन्धमा कड़ा कदम उठाउँदै उजुरी प्राप्त भएमा सम्बन्धित शिक्षकहरू विरुद्ध कारबाही गर्ने चेताउनी दिएको छ।
जिल्ला शिक्षा विभागले सरकारी शिक्षकहरूले पत्रकारिता गरेको खण्डमा उजुरी दर्ता गर्नको लागि एउटा मोबाइल नम्बर पनि जारी गरेको छ। नलबाड़ी जिल्लाका विद्यालय निरीक्षकले त्यस्तो कुनै पनि गतिविधि भएको थाहा लागेमा विभागलाई रिपोर्ट गर्न सर्वसाधारणलाई अपील गरेका छन्।
यसको लागि 99573 92702 नम्बर जारी गरिएको छ। उजुरी प्राप्त भएपछि नियम अनुसार आवश्यक कारबाही गरिने विभागले स्पष्ट पारेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा