
कोलकाता, 04 नोभेम्बर (हि.स.)। न्यूटाउनको जात्रागाछी क्षेत्रमा रहेको एक निजी अस्पतालमा तोड़फोड़ र आक्रमण भएको सनसनीपूर्ण घटना बुधवार प्रकाशमा आएको छ। स्थानीय प्रमोटर एवं उनका समर्थकहरूले अस्पतालमा प्रवेश गरी व्यापक उत्पात मच्चाएको आरोप लगाइएको छ। अस्पतालमा भर्ना भएका बिरामीहरूलाई बाहिर निकालिएपछि मुख्य गेटमा ताला लगाएर बन्द गरियो। यति मात्र नभएर डाक्टर र नर्सलाई पनि कुटपिट गरेको आरोप लागेको छ। तथापि प्रमोटरले आफूमाथि लगाइएका सबै आरोपहरू अस्वीकार गरेका छन्।
प्रमोटरको दाबी छ, अस्पताल सञ्चालन भइरहेको जग्गा उनको हो र भाड़ाको रूपमा करोडौँ रुपियाँ तिर्न बाँकी छ। अस्पतालको लाइसेन्सको मियाद सकिसकेको भए पनि बिरामीलाई अवैध रूपमा भर्ना गराइरहेको थियो।
अर्कातिर अस्पताल प्रबन्धनले आरोप लगाए, जग्गा विवादको कारणले यस घटनालाई परिणाम दिइएको हो। यो मुद्दा अहिले अदालतमा विचाराधिन छ।
अस्पताल व्यवस्थापन अनुसार गए मङ्गलवार राती सशस्त्र उपद्रवीहरूले अस्पतालभित्र पसेर तोड़फोड़ गर्न थाले। त्यस समय अस्पतालमा 9 जना बिरामी भर्ना थिए जसमध्ये दुई जना आईसीयूमा थिए। सबै बिरामीलाई जबरजस्ती बाहिर निकालिएको आरोप लगाइएको छ। डाक्टर र नर्सलाई पनि आक्रमण गरी अस्पतालबाट बाहिर निकालियो।
अस्पताल व्यवस्थापनले यस घटनाको पछाड़ि स्थानीय प्रमोटर सञ्जीव विश्वासको हात रहेको लगाएको छ। साथै उनको सत्ताधारी दलसँग सम्बन्ध रहेको दाबी पनि गरेको छ। तर व्यवस्थापनका मानिसहरूले क्यामरा अगाड़ि सम्पूर्ण घटनाक्रमबारे केही भन्न अस्वीकार गरे। अस्पताल व्यवस्थापनले न्यूटाउन पुलिस स्टेशनमा लिखित उजुरी दर्ता गरेको छ।
घटना हुनभन्दा दुई दिनअघि सञ्जीव विश्वासले अस्पताल बनेको जग्गा आफ्नो रहेको दाबी गरेका थिए। विश्वास अनुसार भाड़ाको रूपमा करोडौँ रुपियाँ तिर्न बाँकी छ। उनले अस्पताल अवैध रूपमा चलाएको आरोप पनि लगाएका थिए।
पुलिसले सम्पूर्ण मुद्दाको अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा