हिन्दुस्थान समाचारद्वारा आरके सिन्हालाई श्रद्धाञ्जली अर्पण
श्रद्धांजलि सभा में वरिष्ठ पत्रकार रामबहादूर राय एवं अशोक टंडन


नयाँ दिल्ली, ०४ नोभेम्बर (हि.स.)। हिन्दुस्थान समाचारको दिल्लीस्थित कार्यालयमा बुधबार स्वर्गीय रविन्द्र किशोर सिन्हा (आरके सिन्हा) को स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ। पत्रकार, उद्योगपति, राजनीतिज्ञ तथा सुरक्षा संस्था एसआईएसका संस्थापक आरके सिन्हा हिन्दुस्थान समाचार न्यूज एजेन्सीका अध्यक्षसमेत रहेका थिए। लामो समयदेखि बिरामी रहेका उनको गत ३० अक्टोबरमा निधन भएको थियो।

दिल्लीको पञ्चुइयाँ रोडस्थित हिन्दुस्थान समाचारको केन्द्रिय कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा न्यूज एजेन्सीका समूह सम्पादक रामबहादुर राय, वरिष्ठ पत्रकार अशोक टण्डनलगायत एजेन्सीमा हाल कार्यरत तथा पूर्व पत्रकारहरूको उपस्थिति रहेको थियो। यसका साथै देशका विभिन्न भागमा कार्यरत एजेन्सीका सहकर्मीहरू गुगल मिटमार्फत कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रममा केही सहकर्मीहरूले स्वर्गीय सिन्हाको उदारता, कार्यशैली तथा न्यूज एजेन्सीमा उनीसँग काम गर्दाका अनुभवहरू साझा गरेका थिए।

वरिष्ठ पत्रकार रामबहादुर रायले सिन्हालाई एक असल मित्रका रूपमा स्मरण गर्दै कठिन समयमा उनले समाचार एजेन्सीको जिम्मेवारी सम्हालेर पत्रकारिताको क्षेत्रमा अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उद्योगपति तथा राज्यसभा सदस्य हुँदाहुँदै पनि सिन्हामा लेखनप्रति विशेष रुचि रहेको उनले उल्लेख गरे।

यसैगरी, अशोक टण्डनले पनि उनलाई मित्र, पत्रकार तथा स्वर्गीय बालेश्वर अग्रवालसँग काम गर्दाका सहयात्रीका रूपमा स्मरण गरे। बालेश्वर अग्रवालकै प्रेरणाबाट आरके सिन्हा हिन्दुस्थान समाचारसँग जोडिएको र पछि यसको जिम्मेवारी सम्हालेको उनले बताए।

कार्यक्रममा हिन्दुस्थान समाचारका सहकर्मीहरूले स्वर्गीय डा. सिन्हाको तस्बिरमा पुष्प अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे। साथै, दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै दुई मिनेट मौनधारण गरिएको थियो।

हिन्दुस्थान समाचार / Sachin Budhauliya


 rajesh pande