तेजपुर कलेजिएट उच्च माध्यमिक विद्यालयलाई प्रधानमन्त्री श्री विद्यालयको दर्जा
मुख्यमंत्री डॉ हिमंत बिस्व सरमा द्वारा साझा तस्वीर।


गुवाहाटी, 04 नोभेम्बर (हि.स.)। असमको ऐतिहासिक शैक्षिक संस्थाहरूमध्ये एक तेज़पुर कलेजिएट उच्चतर माध्यमिक विद्यालयलाई प्रधानमन्त्री श्री (प्राइम मिनिस्टर्स स्कूल फर राइजिङ्ग इण्डिया) विद्यालयको दर्जा प्रदान गरिएको छ। मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले बुधवार सोशल मिडिया पोस्ट मार्फत सो जानकारी गराए।

मुख्यमन्त्रीले बताए, यस मान्यतासँगसँगै विद्यालयका विद्यार्थीहरूका लागि आधुनिक शिक्षण सुविधाहरू उपलब्ध भएको छ। यसमा टिङ्करिङ प्रयोगशालाहरू, पुस्तकालयहरू एवं सङ्गीत र खेलकुदको क्षेत्रमा प्रतिभा विकास गर्ने नयाँ अवसरहरू सामेल छन्।

उनले भने, यी सुविधाहरूले विद्यार्थीहरूको सिक्ने अनुभवलाई अझ सुधार गर्नमा मद्दत पुऱ्याउँछ। साथै उनीहरूले अध्ययन बाहेक सङ्गीत र खेलकुद जस्ता गतिविधिहरूमा पनि आफ्नो प्रतिभा विकास गर्ने अवसर पाउनेछन्।

शिक्षक र विद्यार्थीहरूको अनुभव साझा गर्दै मुख्यमन्त्रीले नयाँ सुविधाहरूले विद्यालयको शैक्षिक वातावरण तथा विद्यार्थीहरूको सिक्ने प्रक्रियालाई समृद्ध बनाइरहेको बताए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande