नाइट सुपर बस दुर्घटनाग्रस्त, 30 जनाभन्दा अधिक यात्रीहरू घाइते
नाइट सुपर बस दुर्घटनाग्रस्त 30-35 घायल


गुवाहाटी, 05 नोभेम्बर (हि.स.)। गुवाहाटी महानगरको बाहिरी क्षेत्रमा भएको एक सड़क दुर्घटनामा 30-35 जना बस यात्रीहरू घाइते भए जसमध्ये तीन जना मनिसहरूको अवस्था गम्भीर रहेको बताइएको छ।

पुलिसले बतायो, बिहीवार बिहान जोराबाट आउटपोस्ट क्षेत्रमा दुलियाजानदेखि गुवाहाटी तर्फ गइरहेको दीप ट्राभल्सको बस (एआर-01एम-7947) अनियन्त्रित भएर राष्ट्रिय राजमार्ग- 27 मा पल्टियो। प्रारम्भिक जानकारी अनुसार बसमा सवार 30-35 जना यात्रीहरू घाइते भए। घाइतेहरूमा तीनजना मानिसहरूको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको जोराबाट पुलिस र जोराबाट यातायात पुलिसले सबै घाइतेहरूलाई गुवाहाटी मेडिकल कलेज एंड अस्पतालमा पुऱ्यायो। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande