मातृ एवं शिशु स्वास्थ्यलाई प्राथमिकता : स्वास्थ्य भवनका संयुक्त सल्लाहकार नियुक्त भए डा. अरुण सिंह र डा. अरूप माजी
सारद्वत मुखर्जी


कोलकाता, 05 नोभेम्बर (हि.स.)। प्रसूता एवं शिशुहरूको स्वास्थ्यलाई प्राथमिकता दिंदै राज्यको स्वास्थ्य विभागले संयुक्त सल्लाहकारहरूको नियुक्ति गरेको छ। राज्यमा सत्ता परिवर्तन भएपछि स्वास्थ्य क्षेत्रमा सल्लाहकारको रूपमा बाल रोग विशेषज्ञ डा. अरुण सिंहको फिर्ती भएको छ। उनीसित आरजी कर मेडिकल कलेजकी स्त्री रोग विभागका पूर्व विभागाध्यक्ष डा. अरूप माजीलाई पनि राज्य स्वास्थ्य विभागले सल्लाहकार नियुक्त गरेको छ। स्वास्थ्य भवनको सूत्र अनुसार मातृ मृत्यु दरलाई रोक्न तथा बाल रोग चिकित्साको क्षेत्रमा राज्यको स्वास्थ्य सूचकाङ्कलाई उत्कृष्ट बनाउने उद्देश्यले सरकारद्वारा यो कदम उठाइएको हो।

पूर्ववर्ती तृणमूल कङ्ग्रेसको शासनकालमा बाल रोग विशेषज्ञ अरुण सिंह राज्य छोड़ेर अन्य राज्यमा गएका थिए। लगभग 14 सालपूर्व उनलाई कोलकाताको एसएसकेएम अस्पतालबाट अचानक सागर दत्त मेडिकल कलेजमा स्थानान्तरित गरिएको थियो। आरोप छ, बाल रोग सम्बन्धी तत्कालीन टास्क फोर्स समितिका प्रमुख त्रिदिब ब्यानर्जीसित मतभेद भएको कारणले अरूण सिंहलाई सागर दत्त अस्पतालमा पठाइएको थियो जहाँ त्यसताक नवजात शिशुहरूको उपचार गर्ने कुनै विभाग नै थिएन। तृणमूल शासनको अन्तिम चरणमा जनवरी, 2025-मा वरिष्ठ चिकित्सक जोधपुर एम्सबाट फेरि राज्यमा फर्केका थिए। त्यस समय दक्षिण 24 परगनामा शिशु मृत्यु दर अधिक भएको कारणले यसलाई कम गर्नको लागि उनीसित सुझाउ मागिएको थियो। नवजात मृत्यु दरलाई कम गर्नको लागि उनले जन्मेको एक मिनटभित्रै गर्भनाल नकाट्ने, प्लेसेन्टा बाहिर आउञ्जेलसम्म प्रतिक्षा गर्ने विशेष सल्लाह दिएका थिए। त्यसपछि श्रेष्ठ परिणाम सामु आएको थियो।

राज्यमा सत्ता परिवर्तन भएपछि वर्तमान स्वास्थ्य मन्त्री शारद्वत मुखर्जीले डा. अरुण सिंहलाई फर्काएर ल्याउनका लागि गम्भीर प्रयास शुरू गरे। गत 29 सेप्टेम्बरमा स्वास्थ्य मन्त्रीले स्वास्थ्य भवनमा उनीसित पहिलो महत्वपूर्ण बैठक गरेका थिए। सोही दिन उनले स्पष्ट पारेका थिए, एकजना बाल रोग विशेषज्ञसँगसँगै एकजना पूर्व स्त्री रोग विशेषज्ञलाई पनि सल्लाहकारमा नियुक्त गर्ने प्रक्रिया शुरू गरेको छ। यसै दिशामा कदम बढ़ाउँदै अब अरूप सिंहसित अरूप माजीलाई पनि सल्लाहकारको पदमा नियुक्त गरिएको आधिकारिक अधिसूचना जारी गरिएको छ। सल्लाहकार पदमा नियुक्त भएपछि डा. अरुण सिंहले स्वास्थ्य मन्त्रीलाई धन्यवाद दिँदै भने, यो उनको लागि ठूलो सम्मानको कुरा हो। उनले भने, बङ्गालले पछिल्ला केही वर्षहरूमा धेरै कुरा गुमाएको छ। अब त्यो क्षुद्र राजनीतिक स्वार्थदेखि माथि उक्लेर मातृ एवं शिशु स्वास्थ्यलाई सर्वोच्च प्राथमिकता दिँदै काम गर्नेप्रति पूर्ण रूपमा आशान्वित छौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande