असम राइफल्समा नक्कली भर्तीको नाममा ठगीको मामिला, कथित मास्टरमाइण्ड पक्राउ
Image of the Arrested Accused.


गुवाहाटी, 05 नोभेम्बर (हि.स.)। असममा असम राइफल्समा नोकरी दिलाउने नाममा रुपियाँ ठगी गर्ने गिरोहविरूद्ध कारबाही गर्दै अपराध जाँच विभाग (सीआईडी)-ले मुख्य आरोपीलाई पक्राउ गरेको छ।

असम सीआईडीद्वारा बिहीवार जारी आधिकारिक बयान अनुसार पक्रा पर्ने आरोपीको पहिचान फिरोज अली उपनाम फिरोज अन्सारी उपनाम बी. सिंहको रूपमा भएको छ जो किस्मत अलीका पुत्र हो। उसलाई बिहीवार बिहान लगभग 5.15 बजे उदालगुड़ी जिल्लाको पानेरी थाना अन्तर्गत क्रिस्टियानापाराबाट पक्राउ गरिएको हो।

सीआईडी अनुसार आरोपि यस मामिलाको कथित मास्टरमाइण्ड हो। यस सम्बन्धमा सीआईडी थाना केस सङ्ख्या 07/2026 दर्ता गरिएको छ। मामिला भारतीय न्याय संहिता (बीएनएस), 2023 का विभिन्न धाराहरू 61(2), 316(3), 318(3), 336(3), 338 औ 341(1) अन्तर्गत दर्ता गरिएको छ।

आरोपीको घरमा खानतलासी गर्दा दुई वटा वकी-टकी सेट र दुई वटा मोबाइल फोन जफत गरियो। यस मामिलामा अग्रिम जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande