असम कौशल विकास मिशनको तेस्रो शासी परिषदको बैठक, नयाँ प्रशिक्षण केन्द्र स्थापित गर्ने प्रस्तावमाथि समीक्षा
Assam Minister Biswajit Daimari on Thursday Chairing the 3rd Governing Council Meeting of the Assam Skill Development Mission (ASDM).


गुवाहाटी, 05 नोभेम्बर (हि.स.)। असमका मन्त्री बिश्वजीत दैमारीले बिहीवार जनता भवनको केबी ब्लकस्थित सम्मेलन कक्षमा असम कौशल विकास मिशन (एएसडीएम)-को तेस्रो शासी परिषद्को बैठकको अध्यक्षता गरे।

मन्त्रीले सोशल मिडिया पोस्टको माध्यमबाट बताए, बैठकमा दोस्रो शासी परिषदको बैठकमा लिइएका निर्णयहरूमाथि भएको कारबाहीको प्रगतिको समीक्षा गरियो। यस अतिरिक्त केही महत्वपूर्ण एजेण्डाहरूमाथि पनि चर्चा भयो।

बैठकमा कारबाही रिपोर्ट (एटीआर), वित्तीय वर्ष 2026-27 को लागि एएसडीएमको कौशल विकास गतिविधि तथा मिशनको मेमोरेण्डम अफ एसोसिएशन (एमओए)- मा प्रस्तावित संशोधनहरूमाथि विचार-विमर्श गरियो।

प्रस्तावित संशोधनहरूको उद्देश्य विदेशहरूमा रोजगार, उच्च शिक्षा तथा अन्तर्राष्ट्रिय स्तरमा आवागमनसित सम्बन्धित उद्देश्यहरूलाई मिशनमा सामेल गराउनु हो। यसबाट राज्यका कुशल युवाहरूको लागि विदेशमा रोजगार अनि शिक्षाका अवसरहरूलाई प्रेरित गर्ने दिशामा पहल गरिनेछ।

बैठकमा विकसित असम-इन्फ्रा भिजन अन्तर्गत नयाँ प्रशिक्षण केन्द्र स्थापित गर्ने प्रस्तावमाति पनि समीक्षा गरियो जसको उद्देश्य राज्यमा कौशल विकासको बुनियादी ढाँचालाई मजबुत बनाउनु हो।

बैठकमा कौशल, रोजगार एवं उद्यमिता विभागका आयुक्त तथा सचिव डा. ओम प्रकाश, आईएएस, एएसडीएमकेा मिशन निदेशक हनिफ नूरानी तथा विभागका अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande