बङ्गालमा मौसम शुष्क रहनेछ, आगामी चार दिनमा चार डिग्री तापमान घट्ने सम्भावना
पश्चिम बंगाल में आज का मौसम


कोलकाता, 05 नोभेम्बर (हि. स.)। पश्चिम बङ्गालमा मौसमले आफ्नो रूप बिस्तारै परिवर्तन गरिरहेको छ। बितेका दिनहरूमा भएको वर्षापछि बिहीवार राज्यका अधिकांश जिल्लाहरूमा मौसम शुष्क रहने अनुमान व्यक्त गरिएको छ। तथापि कतिपय स्थानहरूमा हल्का बादल लाग्नसक्छ। बिहान-बेलुकी हल्का जाड़ोको अनुभूति हुन थालेको छ। मौसम विभाग अनुसार आगामी चार दिनमा न्यूनतम तापमान बिस्तारै 3-4 डिग्रीसम्म घट्नसक्छ।

अलिपुरस्थित भारतीय मौसम विज्ञान विभागको क्षेत्रीय मौसम केन्द्र (आरएमसी)- द्वारा 5 नोभेम्मबरमा जारी पूर्वानुमान अनुसार, दक्षिण बङ्गालका अधिकांश जिल्लाहरूमा मौसम शुष्क रहनेछ। यद्यपि हावड़ा, पूर्व मेदिनीपुर औ दक्षिण 24 परगनाका एक-दुई ठाउँमा हल्का वर्षा वा गर्जनसितै वर्षा हुने सम्भावना छ। यसरी नै कोलकाता, हुगली, उत्तर 24 परगना, पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया, बाँकुड़ा, पूर्व एवं पश्चिम बर्दवान, बीरभूम, मुर्शिदाबाद औ नदियामा मुख्य रूपमा शुष्क मौसम रहने अनुमान रहेको छ।

उत्तर बङ्गालका सबै आठ वटा जिल्लााहरूमा पनि मौसम शुष्क रहने सम्भावना छ। दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार, कुचबिहार, उत्तर एवं दक्षिण दिनाजपुर र मालदामा वर्षा हुने कुनै विशेष सम्भावना व्यक्त गरिएको छैैन। पहाड़ी क्षेत्रहरूमा बिहन-बेलुकी तराईको तुलनामा अधिक जाड़ो महसूस हुनसक्छ।

मौसम विभागको तापमान सम्बन्धी पूर्वानुमान अनुसार आगामी 24 घण्टासम्म न्यूनतम तापमानमा कुनै ठूलो बदलाउ आउने सम्भावना छैन। त्यसपछि आगामी चार दिनभित्रमा गङ्गाको मैदानी पश्चिम बङ्गाल र उपहिमालयी पश्चिम बङ्गालका जिल्लाहरूमा न्यूनतम तापमान बिस्तारै चार डिग्री सेल्सियससम्म घट्नसक्छ। त्यसपछि तापमानमा कुनै ठूलो परिवर्तन आउने सम्भावना छैन।

अलिपुर मौसम केन्द्रको बिहीवार बिहान 8.30 बजेको आँकड़ा अनुसार कोलकातामा तापमान 25.8 डिग्री सेल्सियस दर्ता गरियो। यस अवधि हावा शान्त रह्यो भने आद्रता 86 प्रतिशत रह्यो। मौसम विभागको उपलब्ध आँकड़ा अनुसार बुधवार अलिपुरमेा अधिकतम तापमान 28.6 डिग्री औ न्यूनतम तापमान 23.5 डिग्री सेल्सियस दर्ता गरियो भने मिदनापुरमा अधिकतम तापमान 29.4 र न्यूनतम 23.4 डिग्री सेल्सियस रह्यो।

बाँकुड़ामा अधिकतम तापमान 27.7 र न्यूनतम 22.8 डिग्री, पुरुलियामा अधिकतम 30.3 र न्यूनतम 21 डिग्री, आसनसोलमा अधिकतम 28.8 औ न्यूनतम 21.6 डिग्री तथा दार्जीलिङमा अधिकतम 19.4 र न्यूनतम 10.4 डिग्री सेल्सियस दर्ता गरियो। कुचबिहारमा अधिकतम तापमान 32.1 र न्यूनतम 17.9 डिग्री, जलपाईगुड़ीमा अधिकतम 32.8 औ न्यूनतम 19.8 डिग्री तथा मालदामा अधिकतम 30.7 र न्यूनतम 23.4 डिग्री सेल्सियस रह्यो।

मौसम विभागद्वारा 5-देखि 11 नोभेम्बरसम्म जारी सात दिवसीय पूर्वानुमानमा दक्षिण र उत्तर बङ्गालका कुनै पनि जिल्लाको लागि कुनै विशेष चेताउनी जारी गरिएको छैन। हाल भारी वर्षा वा शीत लहर आउने कुने चेताउनी छैन। तथापि तापमानमा ह्राससँगै आगामी दिनमा बिहान-बेलुकी जाड़ोको प्रभाव बिस्तारै बढ़्ने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande