असमको सपना बन्दुकको गोलीदेखि बुलेट ट्रेनसम्म पुग्यो, विकासको नयाँ मार्ग अग्रसर भइरहेको छ राज्य: मुख्यमन्त्री
The Illustration shared by Assam CM Dr Himanta Biswa Sarma.


गुवाहाटी, 05 नोभेम्बर (हि.स.)। असम जुन एक समयमा बन्दुकका गोलीहरूको तीव्र आवाजले थर्किन्थ्यो भने आज विकास पथमा बुलेट ट्रेनको गतिबाट अगाड़ि बढ़्ने सपना देखिरहेको छ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार सोशल मिडियामा एउटा पोस्टको माध्यमबाट उक्त मन्तव्य व्यक्त गरेका हुन्।

मुख्यमन्त्रीले भने, एक समयमा असमदेखि दिल्ली पुग्नको लागि 30-36 घण्टा लामो यात्रा गर्नुपर्थ्यो भने आज राज्य तीव्र कनेक्टिभिटी, विकास औ नयाँ सम्भावनाहरूको ढोकामा उभिएको छ।

उनले भने, यो परिवर्तन परिवहन व्यवस्थामा मात्र नभएर असमको पहिचान र भविष्यको रूपान्तरण पनि हो।

मुख्यमन्त्रीले बन्दुकका गोलीहरूदेखि बुलेट ट्रेनसम्को यात्राको उल्लेख गर्दै भने, यो भय र आतङ्कले भरिएको अतीतलाई पछाड़ि छोड़ेर प्रगतिको नयाँ क्षितिज तर्फ बढ़िरहेको नयाँ असमको अनवरत् यात्रा हो।

उनले आफ्नो सम्देशमा राज्यको परिवर्तित स्वरूप अनि विकासका आकाङ्क्षाहरूलाई रेखाङ्कित गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande