नगाउँमा क्षत-विक्षत शव बरामद, जुवा विवादमा हत्या भएको आरोप
नगाउँमा क्षत-विक्षत शव बरामद, जुवा विवादमा हत्या भएको आरोप


नगाउँ (असम), 05 नोभेम्बर (हि.स.)। नगाउँ जिल्लाको विष्णुपुर क्षेत्रमा एकजना व्यक्तिको शव भेटिएको घटनाले बिहीवार बिहान उक्त क्षेत्रमा व्यापक खैलाबैला मच्चायो। पुलिसले बतायो, विष्णुपुर इलाकामा एकजना व्यक्तिको क्षति-विक्षत शव देखिएको जानकरी प्राप्त हुनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले जाँच शुरू गरेको छ।

मृत व्यक्तिको पहिचान भिखारी रायको रूपमा गरिएको छ जसले नगाउँको तेलियापट्टीस्थित एउटा स्यालुनमा काम गर्थे। तिनी मूल रूपमा बिहारका बासिन्दा थिए। बितेको राती भिखारी राय जुवा खेल्न हिँड़ेका थिए, त्यसपछि आज अचानक तिनको शव बरामद गरियो। स्थानीय मानिसहरूले आशङ्का व्यक्त गरेका छन्, जुवा खेल्दा भएको झगड़ामा उसको हत्या गरिएको हुनसक्छ।

पुलिसले यस मामिलामा शम्भु शाह नामक व्यक्तिलाई हिरासतमा लिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ। मृतक व्यक्तिकी पत्नीले पुलिसलाई बताएकी छन्, बितेको राती शम्भु शाहले भिखारीलाई बोलाएका थिए।त्यसपछि बिहान उसको शव भेटियो।

महिलाले बताइन्, उसको दुई जना छोरी र एकजना छोरा छन्। जेठी छोरीको विवाह हुनेवाला छ। उनीहरू सबै छोरीको विवाहको लागि बिहार जाने भएका थिए। ट्रेनको टिकट समेत काटिएको थियो। तर बितेको राती उसको पतिको हत्या गरियो। महिलाले बताइन्, उसको घरमा कमाउने कोही पनि छैन। पुलिस प्रशासनसित शम्भु शाहलाई फाँसीको सजाय दिने माग समेत उसले गरेकी छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande